latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

टेलिफोनका तार चोरी गर्ने एक भारतीय पक्राउ
झापा, ११ माघ
टेलिफोनको तार चोरी गर्ने एक भारतीय नागरिकलाई प्रहरीले आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पश्चिम बङ्गाल दार्जिलिङ जिल्ला नक्सलबाडी घर बताउने ३२ वर्षीय मालिक बर्मन रहेका छन् । मेचीनगर–६ काँकडभिट्टास्थित भट्टराईचोकबाट पक्राउ परेका उनका साथबाट तार काट्न प्रयोग गरिने विभिन्न औजारसहित १६ मिटर कालो टेलिफोन तार बरामद गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाले बर्मनमाथि थप अनुसन्धान गरिरहेको बताइएको छ ।

मेचीनगरमा पछिल्लो एक वर्षयता टेलिफोनको तार चोरीका घटना बढिरहेका थिए । बर्मनलाई चोरी ऐनअन्तर्गत थप अनुसन्धानसँगै कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
–––

बँदेलको आक्रमणबाट वृद्धको मृत्यु, तीन घाइते
बैतडी, ११ माघ
जङ्गली बँदेलको आक्रमणबाट बैतडीमा एक वृद्धको मृत्यु भएको छ । अन्य तीनजना घाइते भएका छन् ।

मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–१ घोरडीका ७७ वर्षीय मनोरथ जोशी रहेका छन् । उनको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा आज मृत्यु भएको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । सोमबार साँझ जङ्गलबाट गाउँपसेका जङ्गली बँदेललाई धपाउन खोज्दा उनीहरुमाथि आक्रमण गरेको हो ।

आक्रमणबाट जोशीसहित स्थानीय बल्देव कार्की, वीरभान सार्की र हरिदत्त जोशी घाइते भएका थिए । अर्का घाइते कार्कीको धनगढीमा तथा सार्की र जोशीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय