latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

चिकित्सा शिक्षामा पनि नक्कली परीक्षार्थी
काठमाडौँ, ९ माघ
चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित एमडी र एमएस प्रवेश परीक्षामा समेत नक्कली परीक्षार्थी सहभागी हुने गरेको पाइएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले यसरी परीक्षामा सहभागी हुने व्यक्तिलाई पक्राउसमेत गरेको छ । यसरी पक्राउ पर्नेमा भारत उत्तरप्रदेशका जितेन्द्रकुमार मिश्रा, भारत विहारका शशिभूषण सिंह र भारत विहारकै कृष्ण मुरारी रहेका छन् । उनीहरूलाई कलङ्कीस्थित परीक्षा केन्द्रबाट नियन्त्रणमा लिइएको हो ।

ब्यूरोले आज एक सूचना जारी गरी उक्त परीक्षामा नक्कली परीक्षार्थी बनी परीक्षा दिने, उक्त परीक्षामा विचौलियाका रूपमा नक्कली परीक्षार्थीलाई सहयोग गर्ने एवं परीक्षामा अमर्यादित कार्य गरेकाले नियन्त्रणमा लिइएको जनाइएको छ । उनीहरूलाई शिक्षा ऐन, २०२८ बमोजिमको कसुरमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।
–––

भ्रामक सूचना तथा जानकारीप्रति सजग रहन चिकित्सा आयोगको आग्रह
काठमाडौँ, ९ माघ
चिकित्सा शिक्षा आयोगले परीक्षाजस्तो संवेदनशील विषयमा भ्रामक सूचना तथा जानकारीबाट पर्नसक्ने गम्भीर असरप्रति सम्बन्धित सबैलाई सजग रहन अनुरोध गरेको छ ।

आयोगले आज एक विज्ञप्ति जारी गर्दै आयोगबाट स्नातकोत्तर तहका विभिन्न शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षा यही माघ ८ र ९ गने काठमाडौँ उपत्यकासहितका देशका अन्य चार स्थानका परीक्षा केन्द्रमा मर्यादित र व्यवस्थितरूपमा सम्पन्न भएको बताएको छ ।

केही सामाजिक सञ्जाल र सञ्चार माध्यममा परीक्षाको प्रश्नपत्र बाहिरिएको लगायतका तथ्यहीन र भ्रामक प्रचार प्रसार भएकामा आयोगको गम्भीर ध्यानाकर्षण भएको आयोगका सदस्य सचिव डा भोजराज शर्मा काफ्लेद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

परीक्षामा अमर्यादित कार्य गर्न प्रयास गरेका दुई परीक्षा केन्द्रका तीन जनालाई आयोग र केन्द्रीय अनुसन्धान ब्यूरोको संयुक्त प्रयासमा नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानूनी प्रक्रिया अगाडि बढाउन केन्द्रीय अनुसन्धान ब्यूरोलाई अनुरोध गरिएको आयोगले जनाएको छ ।

आयोगले प्रश्नपत्रको गोपनीयता र व्यवस्थापनमा सुरक्षा मापदण्ड पूर्णरूमा पालना गरिएको उल्लेख गर्दै भोलि माघ १० गतेको परीक्षा पनि पूर्वनिर्धारित कार्यक्रमअनुसार सञ्चालन हुने जानकारी गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय