खोटाङमा चारदिन अघि घरबाट निस्कीएका राई जंगलको ओडारमा मृत फेला
जेठोखबर
खोटाङ । खोटाङमा एक व्यक्ति जंगलको ओडारभित्र मृत अवस्थामा फेला परेका छन् । चार दिनअघि घरबाट निस्केर हिडेदेखि नफर्किएका किन्दरमान राई आज (शुक्रबार) मृत अवस्थामा भेटिएका हुन् ।
स्थानीय बासीका अनुसार अनुसार दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नम्बर ३ छोरम्बु याङ्सोलाका ५४ वर्षीय किन्दरमानको खोजतलासमा प्रहरी र स्थानीय जुटेको थियो ।
उनी जानसक्ने सम्भावित नाता गोता, इष्टमित्रलगायत सबै ठाउँमा खोज्दा पनि नभेटिएपछि बन जंगल भिर पाखा खोज्दै जाँदा ओडारभित्र भेटिएका हुन् ।
यही माघ ३ गतेदेखि घरबाटै निस्कीएपछि सम्पर्कबिहीन भएको स्थानीय किशन राईले जानकारी दिए ।
राईका अनुसार मृतक राईले घरबाट निस्कदा लगाएको खरानी रङको ज्याकेटसमेत घटनास्थल नजिकै खोलेर राखिएको अवस्थामा भेटिएको छ ।
ट्र्याकसुट लगाएका किन्दरमानमो टाउको ओडारभित्र र दुवै खुट्टा बाहीर देखिने गरी भेटिएको छ । उनले लगाएको गम बुटपनि नजिकै फेला परेको छ ।
यता प्रहरीले भने घटनाबारे थाहा नभएको जनाएको छ । ‘अहिलेसम्म जानकारी आएको छैन’ जेठोखबरसँग टेलीफोनमा कुरा गर्दै जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डीएसपी उमेश लम्सालले भने, ‘उसो भए अब हामी बुझ्छौँ ।’जेठोखबर बाट साभार गरेका हौ
यहाँ कमेन्ट गर्नुहोस्


