latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

अभिनेत्री स्वस्तिमा खड्काले खेलेको दक्षिण भारतीय फिल्मको ट्रेलर सार्वजनिक (भिडिओ)
अभिनेत्री स्वस्तिमा खड्काले खेलेको दक्षिण भारतीय फिल्मको ट्रेलर सार्वजनिक (भिडिओ)

नेपाली अभिनेत्री स्वस्तिमा खड्काको भूमिका रहेको दक्षिण भारतीय फिल्म ‘थिरीमाली’ को ट्रेलर सार्वजनिक भएको छ।

मलयालम भाषाको यो फिल्मको ट्रेलर बिहीबार सार्वजनिक भएको हो। ट्रेलर ‘सायना मुभिज’ को युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

यो फिल्म राजीव शेट्टीद्वारा निर्देशित हो भने निर्माण एसके लरेन्सले गरेका हुन्।

जेभियर एलेक्स र राजीव शेट्टीको लेखनमा बनेको फिल्ममा मलयालम फिल्म उद्योगका चर्चित अभिनेता बिबिन जर्ज मुख्य भूमिकामा छन्। त्यस्तै जोनी एन्टोनी र धर्मजान बोलगट्टी पनि यसका प्रमुख पात्र हुन्।

ट्रेलरमा नेपालका काठमाडौं, पोखरा र लुक्लाका धेरै दृश्य देखिन्छ।

त्यस्तै यसमा स्वस्तिमा खड्काको ‘आइटम डान्स’ का केही झलकहरू पनि छन्। गीतमा स्वस्तिमा रातो पहिरनमा नाचिरहेकी देखिन्छिन्।

गीतमा बाहेक फिल्ममा स्वस्तिमाको भूमिका के हो भन्नेबारे ट्रेलरमा खुल्दैन। तर फिल्म रेट गर्ने आइएमडिबीले थिरिमालाका मुख्य कलाकारको नाम सूचीमा स्वस्तिमा खड्काको पनि नाम उल्लेख गरेको छ।

ट्रेलरमा अभिनेता माओत्से गुरुङको एक झलक पनि देख्न सकिन्छ।

कमेडी जनराको यो फिल्म सन् २०२२ मा रिलिज हुने भनिएको छ। फिल्म मलयालमसँगै हिन्दी, तेलेगू र तामिल भाषामा पनि सार्वजनिक हुने पनि बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय