latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

हत्यामा संलग्न फरार व्यक्ति २७ वर्षपछि पक्राउ
रोल्पा, ७ माघ
मानव हत्यामा संलग्न रही फरार रहेका यहाँका एक व्यक्ति २७ वर्षपछि पक्राउ परेका छन् । परिवर्तन गाउँपालिका–६ का गनबहादुर कामी २७ वर्षपछि पक्राउ परेका हुन् ।

कामी विसं २०५१ भदौ २१ गते साविक तालावाङ गाविस–७ हाल माडी गाउँपालिका–३ खारावाङका चुनवहादुर घर्तीको हत्या गरी फरार रहेका थिए । गाउँको जग्गा साँध सिमानासम्बन्धी भएको विवादमा रिसइवी लिई कामीले घर्तीको हत्या गरेको प्रहरीले जनाएको छ ।

उनलाई जिल्ला अदालतको विसं २०७० वैशाख ९ गतेको फैसलाले २० वर्ष कैद सुनाएको थियो । अदालतको फैसलापछि पनि उनी फरार रहेका थिए । फैसला कार्यान्वयनका लागि अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्ण रानाले जानकारी दिनुभयो ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय