बुधबार , जेठ २०, २०८३

कुवेतमा नेपाली युवतीलाई घर पठाइदिने बाहनामा आफ्नो कोठा पुर्‍याएपछि रातभर..
जेठोखबर

काठमाडौं । बैदेशिक रोजगारीका लागि कुवेत पुगेकी एक नेपाली युवतीलाई ब लात्कार गर्न खोजेको आरोपमा सुनसरी इटहरीका निलकण्ठ ढकाल पक्राउ परेका छन् । ती युवतीलाई नेपाल पठाइदिने बाहनामा प्रलोभनमा पारी आफ्नो कोठामा पुर्‍याएर बला त्कार गर्न खोज्दा भाग्न सफल युवतीले कुवेत प्रहरीमा उजुरी दिएसँगै ढकाल समातिएका हुन् ।

नेपाली युवतीमाथि नेपालकै युवकले ब लात्कार प्रयास गरेको जाहेरी परेपछि दुवई प्रहरीले ढकाललाई कोठाबाटै नियन्त्रणमा लिएको थियो । स्रोतका अनुसार ढकाल विगत १९/२० बर्षदेखि कुवेतमा ट्याक्सी चालकको रुपमा कार्यरत छन् । उनले अ बैधानिक रूपमा कुवेत बस्दै आएकी एक नेपाली महिलालाई सम्पूणर् कागजपत्रहरु मिलाएर सहज रुपमा नेपाल घर पठाउन सहयोग गर्ने आस्वासन देखाएर आफै बसेको कोठामा लगेरका थिए ।

ती महिला कुवेतस्थित घरेलु कामदारको रुपमा कुवेत आएकी थिइन् । ४ वर्षअघि अर्थात सन् २०१८ मै कुवेत आएकी उनी घरबेटी साहुको (मालिक)को व्यवहार ठीक नभएपछि घरबाट भा गेर लु कीछिपी बाहीर काम गर्दै आएकी थिइन् । तर, पछिल्लो समय उनको आमा सिकि स्त विरामी भएको खबर घर (नेपाल)बाट आएपछि नेपाल जानका लागि आवश्यक पर्ने राहदानी नभएकाले ट्राभल डकुमेन्ट बनाउन कुवेतस्थित नेपाली राजदूताबास गएकी थिइन् ।

दूताबासबाट डकुमेन्ट बनाएर फर्कने क्रममा नेपालकै सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका घर बताउने ट्याक्सी चालक निलकण्ठ ढकालको ट्याक्सी चढेकी थिइन् । यात्राको क्रममा कुराकानी हुँदै जाँदा दुवै जना नेपाली भएको र नेपाल यात्राका लागि आफूले सकेको सहयोग गर्ने प्रतिबद्धता जनाएपछि ती महिला ढकालले सहयोग गर्नेमा विस्वस्त भएकी थिइन् । ट्याक्सीमा जाँदै गर्दा ढकालले उनलाई प्रहरी कहाँ लगेर सोही दिन बेलुका फिंगर गरेर नेपाल पठाई दिने र प्रहरीमा लगेर फिंगर गर्नका लागि अरू ४/५ जना महिलाहरू पनि रहेको बताउदै विस्वास दिलाएर आफु बस्ने कोठासम्म पुर्‍याएका थिए ।

ढकालले फिंगर गराएर नेपाल पठाउन जम्मा २०० केडी मागेको समेत ती युवतीले बताईन् । झु क्काएर युवतीलाई कोठामा लगेपछि ढकालले र क्सी पिउन थालेको र आफुले फिंगर गर्न कति वेला जाने ? भनेर सोध्दा उल्टै पि टन थालेको, टाउँको पछाडी समातेर जब रजस्ती र क्सी मुखमा हा लेको, आफ्नो माथिको ब स्त्र खो लेको, सम्बे दनशील अं ग समातेको बेला छटीपटी र चि च्याउदा उल्टै पि टेको ती महिलाले कुवेत प्रहरीलाई दिएको जाहेरीमा उल्लेख छ ।

ढकालले यसअघि पनि अ बैधानिक बसीरहेका नेपाली युवतीहरुलाई नेपाल पढाउँदा आफ्नै श्रीमतिजस्तै बनाएर मात्र पठाउने गरेको भन्दै ह प्काउने गरेको पनि ती महिलाले सुनाइन् । उनले बिभिन्न समय उसैगरी नेपाल पठाएका महिलाहरुको तस्वीरसमेत आफूलाई देखाउने गरेको बताइन् । ती युवतीले भने आफ्नो माथिल्लो भित्री ब स्त्रसमेत खो लेर ब लात्कार गर्न खोज्दा भागेर बाथरुमभित्र छिरी चुकुल लगाएर एकरातभर बसेरै अस्मीता जोगाएको कुवेत प्रहरीलाई बयान दिएकी छन् ।

ती युवतीका अनुसार ढकालले आफु बस्ने कोठामा स-साना कोठा क्याबिन जस्तै पार्टेशन बनाएर साना साना कोठाहरु बनाएका छन् । जहाँ जोडीहरु आएर रा त बि ताउने गर्छन् । आफूलाई लगेको रात पनि बाक्लै जोडीहरु आएको देखिएको ती युवतीले बताइन् । साना कोठाहरुमा बसेबापत आउने रकमको १० केडी आफूलाई लिन ढकालले भनेको समेत उनले बताएकी छन् ।

रातभर बाथरुममा बसेर इज्जत बचाएकी ती युवती बिहानै त्यहाँबाट निस्केर दुवई प्रहरीको सम्पर्कमा पुगेकी थिइन् । ती युवतीले जाहेरी दिएकै दिन ढकाललाई कुवेत प्रहरीले पक्राउ गरेको थियो । उनले आफ्नो न्यायका लागि कुवेतस्थित नेपाली राजदुताबासमा समेत निबेदन दिएकी छन् । पक्राउ परेका ढकालबाट अन्य थुप्रै नेपाली चेलीहरु समेत पी डित भएको हुनसक्ने प्रहरीको अनुमान छ ।जेठोखबर बाट

प्रतिक्रिया

सम्बन्धित खवर