पल र समिक्षाबीच फेरि लफडाः यथार्थ खुलाइदिने समिक्षाको चेतावनी

काठमाडौं । गायिका समिक्षा अधिकारीले मोडल पल शाह र आफ्नो सम्बन्धबारे चलेको हल्लापछि आफूले फेसबुकमा यसअघि लेखेको स्टाटस सत्य नरहेको स्पष्टीकरण दिएकी छन।

उनीहरुबीचको सम्बन्धबारे सामाजिक सञ्जालमा चर्चा भएपछि यसअघि २ महिना अघि फेसबुकमा लामो स्टाटस लेख्दै पल शाहबारे नराम्रो टिप्पणी नगर्न आग्रह गरेकी थिइन्। समिक्षाको स्टाटसपछि सो विवाद साम्य भएको थियो।

तर्, पछिल्लो स्टाटसमा उनले आफूले सो स्टाटस कसैको अनुनयमा लेखेको र वास्तविकता भन्दा टाढा रहेर लेखेको स्पष्ट पारेकी छन। अब सबै कुरा खुलाईदिने समिक्षाले चेतावनी दिएकी छन।

पछिल्लो स्टाटसमा उनले लेखेकी छिन्, ‘म लामो केही भन्दिन, मेरो फेसबुक वालमा लेखिएको यो स्टाटस वास्तविकता भन्दा धेरै टाढा छ। जुन कसैको अनुनयमा लेखेको थिए। अब समय आउँदैछ, यथार्थ खुलाउनेछु।’

May be an image of 2 people, people sitting and indoor

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय