latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

बंगलादेशी अभिनेत्रीको ‘शव’ बोरामा फेला, श्रीमान पक्राउ

बंगलादेशी अभिनेत्रीको ‘शव’ बोरामा फेला, श्रीमान पक्राउ
आइतबारदेखि हराइरहेकी बंगलादेशी अभिनेत्री राइमा इस्लाम शिमुको श व फेला परेको छ ।

शरीरलाई दुई टुक्रा पारेर बोरामा बन्द गरेर फ्याँकिएको अवस्थामा ढाकाको केरानीगञ्जको आलियापुर क्षेत्रमा सोमबार बिहान श व फेला परेको प्रहरीले जनाएको छ ।

३५ वर्षीया अभिनेत्री शिमुको गर्धनमा चो ट लागेको देखिएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले उनका पतिसहित ६ जनालाई नियन्त्रणमा लिएको छ । मंगलबार ढाकामा पत्रकार सम्मेलन गरी प्रहरीले शिमुका पति सखावत, उसका साथी, ड्राइभर सहित ६ जनालाई प क्राउ गरी तीन दिनको म्याद थपेर हिरासतमा राखेको छ ।

उनका पतिले घरायसी वि वादका कारण पत्नीको ह त्या गरेर फ्याँकेको प्रहरीसँगको बयानमा स्वीकार गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

शिमु ढाकाको ग्रीन रोड क्षेत्रमा आफ्ना पति र दुई सन्तानका साथ बस्दै आएकी थिइन् । आइतबार बिहान सुटिङका लागि घरबाट निस्किएकी उनी त्यसपछि बे पत्ता भएकी थिइन् । राति अबेरसम्म पनि नफर्किएपछि उनको खोजी तीव्र पारिएको थियो ।

सोमबार बिहान उनको श व दुई टुक्रा भएको अवस्थामा फेला परेको हो । प्रहरीले श वलाई पोष्ट मार्टमका लागि मिडफोर्ड अस्पताल पठाएको छ ।

शिमुका भाइले उनका पतिविरुद्ध मु द्दा दर्ता गराएका थिए । घटनाका सम्बन्धमा थप अनुसन्धान अगाडि बढाइएको ढाका प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय