
खोटाङमा १३ वर्षीया बालिकालाई २० हप्ताको ग र्भवती बनाएको आरोपमा एक शिक्षक पक्राउ
खोटाङ । १३ वर्ष उमेरकी एक बालिका बला त्कार गरेको आरोपमा खोटाङमा एक जना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको रावाबेंसी गाउँपालिका वडा नम्बर २ खार्पाका ३१ वर्षीय शिक्षक किशोर पोखरेललाई खोटाङ प्रहरीले समातेको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार पोखरेलले खार्पास्थित भाषा आधारभूत विद्यालयमा पढाउदै आएका छन् । आफूले पढाउदै आएको गाउँकै बालिकालाई क रणी गरेको जाहेरी परेपछि नियन्त्रणमा लिइएको खोटाङ प्रहरी प्रवक्ता इन्स्पेक्टर सागर साहले जानकारी दिए ।
गत भदौ ९ गते ती बालिका पहिलो पटक शिक्षकबाट बला त्कार मा परेकी थिइन् । त्यसलगतै ती शिक्षकले उनलाई पटक पटक बला त्कार गर्ने गरेको प्रहरीमा दर्ता जाहेरीमा उल्लेख छ ।
पछिल्लो पटक केही दिनअघि शिक्षक पोखरेलले क रणी गरेपछि ती बालिकाको अभिभावकले बिहीबार जाहेरी दिएका थिए ।
अभिभावकबाट प्राप्त जाहेरी दर्ता भएलगतै खोजतलास व्यापक बनाएको खोटाङ प्रहरीले शुक्रबार नै पक्राउ गरेको हो ।
संलग्न आरोपित पोखरेललाई अनुसन्धानका लागि जिल्ला अदालत खोटाङबाट एक हप्ताको म्याद समेत थप भइसकेको छ ।
प्रहरीका अनुसार ती बालिकाको पे टमा २० हप्ताको बच्चासमेत स्वास्थ्य रिपोर्टमा देखिएको छ ।जेठोखबर