latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

म्याग्दी, २५ जेठः म्याग्दीको धवलागिरि गाउँपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा ५३ वटा मिनिटिलर (यान्त्रिक हलो) वितरण गरेको छ ।

कृषिमा लागत घटाउन र सहज बनाउन पाँच वटा वडा कार्यालयले सङ्कलन गरेर छनोट र सिफारिस गरेका कृषकलाई यान्त्रिक हलो वितरण गरेको हो । ठेक्का प्रतिस्पर्धामार्फत प्रतिमिनिटेलर रु २९ हजार ७५० मा खरिद गरेर वितरण गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको जिन्सी शाखाका प्रमुख रमेश शर्माले प्रतिमिनिटेलर कृषकले रु १४ हजार ८७५ मात्र लगानी गरेका र ५० प्रतिशत गाउँपालिकाले व्यहोरेको जानकारी दिनुभयो । वडा नं २ लुलाङमा ११, वडा नं ३ मुनामा सात, वडा नं ४ मुदीमा ६, वडा नं ६ मराङमा ७ र वडा नं ७ ताकममा २२ वटा मिनिटेलर हलो वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

वडा नं १ गुर्जा र वडा नं ५ मल्कवाङका कृषकले भने मिनिटेलर माग गरेका थिएनन् । शनिबार मुनिस्थित गाउँपालिकाको कार्यालयमा अध्यक्ष प्रेमप्रसाद पुनले कृषकहरुलाई मिनिटेलर वितरण गर्नुभएको थियो । खेतबारी खनजोतका लागि हलगोरुको विकल्पमा यान्त्रिक हलो प्रयोग गर्ने चलन बढेको छ ।

गोरु पाल्न झञ्झट हुने, मिनिटेलरबाट छिटो खेतबारी खनजोत गर्न सकिने भएकाले कृषकको यसप्रति आकर्षण बढेको धवलागिरि गाउँपालिकाका कृषि प्राविधिक आश्विन खत्रीले जानकारी दिनुभयो । मिनिटेलर खरिदका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा रु नौ लाख बजेट विनियोजन गरेको थियो ।

गाउँपालिकाको केन्द्र मुनामा मिनिटेलर ट्र्याक्टर मर्मतसम्बन्धी तालिम सञ्चालन भएको छ । उद्योग तथा पर्यटन कार्यालय म्याग्दीको आयोजनामा सञ्चालन भएको १० दिने तालिममा २० जनाको सहभागिता छ । गाउँघरमै ट्र्याक्टर मर्मत गर्नसक्ने दक्ष जनशक्ति तयार पार्न तालिम सञ्चालन गरेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय