latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

काठमाडौँ, २२ जेठः उपराष्ट्रपति रामसहायप्रसाद यादवले दिगो विकासका लक्ष्य प्राप्त गर्न वातावरणीय प्रदूषण न्यूनीकरण गर्दै वातावरणमैत्री प्रविधि अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

विश्व वातावरण दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति यादवले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले हिउँको मात्रा घट्दा गएको र वनक्षेत्रको विनाशले जैविक विविधतामा खतरा निम्त्याएको उल्लेख गर्नुभयो । शुभकामना सन्देशमा भनिएको छ, “नदी तथा जलस्रोतको दुषित अवस्थाले सुरक्षित खानेपानीको अभाव सिर्जना भएको छ । अतिवृष्टि, अनावृष्टि, खडेरी, सुक्खाग्रस्त समस्याको चपेटामा हामी पर्दै गएका छौँ । तराई–मधेस क्षेत्रमा त भूमिगत पानीका स्रोतहरू सुक्दै गएका छन् वा पानीको सतह निक्कै तल गइसकेको अवस्था छ ।”

उपराष्ट्रपति यादवले नेपाल प्राकृतिक सौन्दर्यले भरिपूर्ण मुलुक भए पनि जलवायु परिवर्तनका विविध असरले निकै समस्या उत्पन्न भइरहेको भन्दै यसविरुद्ध सबैको सहकार्य जरूरी रहेको उल्लेख गर्नुभएको छ । “हाल हिमालको हिउँ पग्लने, नदीहरूमा प्रदूषण, वायु प्रदूषण, वन विनाश, चुरे विनाशजस्ता गम्भीर चुनौती देखापरेका छन् । कतिपय ठाउँमा इनार, कुवा, चापाकललगायतमा पानी आउनै छाडेको छ, यस सन्दर्भमा स्थानीय सरकार, निजी क्षेत्र तथा नागरिक समाजबीचको सहकार्य अनिवार्य छ ।”

प्रत्येक वर्ष ५ जुनमा विश्व वातावरण दिवस मनाइन्छ । संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (युएनइपी) को नेतृत्वमा मनाइने विश्व वातावरण दिवस—२०२५ को मूल नारा ‘प्लास्टिक प्रदूषणको अन्त्य’ रहेको छ । उपराष्ट्रपति यादवले नवीकरणीय ऊर्जा स्रोत प्रवर्द्धन, वन्यजन्तु तथा जैविक विविधताको सुरक्षा सुनिश्चित, कृषि तथा औद्योगिक उत्पादनमा वातावरणमैत्री प्रविधि अपनाउने र व्यक्तिगत तथा सामुदायिक तहमा वातावरण संरक्षणका पहलहरूलाई प्रोत्साहित गर्ने कार्यमा जोड दिन जरूरी रहेको पनि बताउनुभएको छ ।

पर्यावरण संरक्षण सरकारको मात्र जिम्मेवारी नभएर हामी सबैको साझा कर्तव्य भएको उल्लेख गर्दै उहाँले हरेकले आफ्नो दैनिक जीवनमा साना परिवर्तनहरू गरेर पनि वातावरण सुधारमा महत्वपूर्ण योगदान पु¥याउनसक्ने उल्लेख गर्नुभयो । “खासगरी, वृक्षरोपण अभियानलाई प्राथमिकता दिने, पानी तथा ऊर्जाको बचत गर्ने एवं सरसफाइ तथा वातावरणमैत्री प्रविधि अपनाउन सक्नुपर्दछ”, उपराष्ट्रपति यादवले भन्नुभएको छ ।

वातावरण संरक्षणमा सबैको योगदान उत्तिकै महत्वपूर्ण भएपनि युवाहरूको भूमिका झनै बढी भएको उहाँको भनाइ छ । युवाले पर्यावरण संरक्षणमा नवीनतम समाधानहरू खोज्न, जागरूकता अभियान सञ्चालन गर्न तथा सकारात्मक व्यवहार परिवर्तनको नेतृत्व लिन सक्ने उहाँको विश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय