
मोडेल पिन्सा राईः जब बच्चा बोकेर काठमाडौका रोडमा भिख माग्दै गरेको देखियो (भिडियो)
मोडेल पिन्सा राईः जब बच्चा बोकेर काठमाडौका रोडमा भिख माग्दै गरेको देखियो (भिडियो)
पिन्सा राइ नेपालकी चर्चित मोडल हुन् ।
उनले २०७१ साल देखि व्यवसाय गर्न थालेकी हुन् । व्यवसाय बढाउदै २०७२ साल देखि व्यवसायसँगै मोडलिङ क्षेत्रमापनि सक्रिय बनिन् । उनी २०७३ सालकी मिस मेकअप हुन् ।
विभिन्न प्रतिस्पर्धामा भाग लिँदै मोडलिङ क्षेत्रमा अब्बल बनिरहेकी पिन्साले एक टीम बनाएर विभिन्न इभेन्टहरु समेत आयोजना गर्दै आएकी छिन् । २०७५ सालमा उनी सहितको टीमले मिष्टर एण्ड मिस पूर्वको प्रतियोगिता आयोजना गरेको थियो ।
पिन्सा व्यवसायसँगै, मोटिभेशन, अभिनय, व्यूटी पार्लर जस्ता अनेकौ तालिमहरु दिँदै आएकी छिन् । उनी राम्रो ट्रेनरको रुपमा स्थापित हुँदै आएकी छिन् । उनले म्युजिक भिडियोमा अभिनय समेत गरिसकेकी छिन् ।
उनले छोटा तथा लामा चलचित्रहरुको लेखन समेत गर्छिन् । चलचित्रको कथा लेख्नुका साथै निर्देशनमा समेत आफूलाई अब्बल रुपमा उभ्याउने उनको प्रयास छ ।
उनले एउटा (काया) शीर्षक को सिरियलको कथावस्तु आफैले लेखेकी छिन् । निक्कै मेहेनतका साथ आफै कथा लेखेर आफै निर्देशन तथा अभिनय गरेर उनले कलाकारिता क्षेत्रमा आफूलाई योग्य रहेको सावित गरिसकेकी छिन् ।
यही सिरियलको कथावस्तुमा उनी भिखारीको रुपमा प्रस्तुत भएकी छिन् । यहाँ प्रस्तुत गरिएको तस्विर काया सिरियल को हो । यो सिरियलमा मुख्य भुमिका नै पिन्साको छ ।
यो सिरियलको भिडियोहरु pinsa Rai youtube channel मा गएर हेर्न सक्नुहुनेछ ।