
कति मीठो स्वर,दाइजोको निहुँमा श्रीमानले कु’टे’र खेदेपछि अस्पताल सफा गर्ने काम गर्दै(भिडियो हेर्नुस)
सुनसरी घर भएकी लालिमा उराउ अहिले बिराटनगर स्थित एक अस्पतालमा क्लिनरको काम गर्दै आएकी छिन । श्रीमानसगँ सम्बन्ध बिग्रेर घरबर हुन नसके पछि आफै काम गरेर बस्ने सोचका साथ उनी बिराटनगरमा एक अस्पतालमा सफा गर्ने काम गर्दै आएको उनले बताई । गित संगितमा निकै रुचि राख्ने ललिताको स्वर पनि निकै राम्रो रहेको छ । आफुलाई गायिका बन्ने रहर भएको तर आफुमा भएको क्षमता कतै देखाउन नपाएको उनले बताईन ।
त्यही भएर पनि आफू अहिले मिडिया खोज्दै आफ्नो आवाज सबै सामु पुर्याउन आएको उनले बताईन । सानैमा स्कुल पढ्दा देखि नै आफू गित गाउँदै आएको बताउने लालिमा स्कुलमा पनि आफ्नो स्वर शिक्षकहरुले निकै मन पराउने गरेको बताउँछिन । त्यही बाट आफूलाई संगित क्षेत्रमा अझ रुचि बढ्दै गएको लालिमा बताउँछिन । तर पछि बिबाह भए पछि भने आफू यस्ता कुराहरुबाट ओझेल परेको बताउँछिन । तर पनि एक्लो हुदाँ, काम गर्दा आफै गित गुनगुनाउने उनको भनाई छ ।
गत लकडाउन भन्दा अगाडि केही महिना संगित कक्षा लिएको भएता पनि बन्द भएकोले निरन्तरता दिन नपाएको लालिमा बताउँछिन । तर पनि आफू राम्रो गाउन सक्ने उनको बुझाई छ । सिक्न धेरै बाकिँ भएता पनि अवसर पाए यहि अवस्थामा पनि आफू राम्रो गरेर देखाउने उनले बताईन । संगित सिकाईलाई निरंतरता दिन आफ्नो आर्थिक अवस्थाले पनि नसकेको लालिमा बताउँछिन । आर्थिक अवस्था कमजोर भएकोले पनि आफ्नो आवाज सबैसामु पुर्याउन नसकेको हो कि भन्ने लागेको उनको भनाई छ ।
बिबाह पछिको दुखद पीडा पनि मनमा भएको उनले बताईन । बिबाह गरे पछि श्रीमानले दाइजो नल्याएको भन्दै आफुलाई कु’टपि’ट समेत गरेको उनले बताईन । त्यहि निहुँमा आफुलाई घरबाट निकालेर अहिले श्रीमानले अर्कै बिबाह गरेको लालिमा बताउँछिन । बिबाह गरेर यसरी अलग्गै बसे पछि समाजले हेर्ने दृस्ठिकोण पनि भिन्न पाएको लालिमाको भनाई छ । आफ्नो वारेमा गलत सोच राख्ने गरेको उनले बताईन । त्यसले पनि आफुलाई निकै पीडा दिने लालिमाको भनाई छ ।
तर पनि घर परिवारमा दाइ, भाउजू आदिको सहयोग भने रहेकोले आफुलाई केही सहज भएको उनले बताईन । परिवारले नै स्वर राम्रो छ गित संगित क्षेत्रमै प्रयास गर केही सफलता मिल्छ भनेर घर परिवारले हौसला र सहयोग गर्ने गरेकोले अहिले आफू मिडियामा सम्म आएको लालिमाको भनाई छ । सम्पुर्णले सहयोग गरेर आफुलाई केही अवसर दिन उनले आग्रह पनि गरेकी छिन । अवसर पाए निकै राम्रो गर्न सक्छु जस्तो आफुलाई लाग्ने गरेको लालिमा बताउँछिन । (भिडियो हेर्नुस)
https://youtu.be/9XK_BC4ep-k