बुधबार , जेठ २०, २०८३

कति मीठो स्वर,दाइजोको निहुँमा श्रीमानले कु’टे’र खेदेपछि अस्पताल सफा गर्ने काम गर्दै(भिडियो हेर्नुस)

सुनसरी घर भएकी लालिमा उराउ अहिले बिराटनगर स्थित एक अस्पतालमा क्लिनरको काम गर्दै आएकी छिन । श्रीमानसगँ सम्बन्ध बिग्रेर घरबर हुन नसके पछि आफै काम गरेर बस्ने सोचका साथ उनी बिराटनगरमा एक अस्पतालमा सफा गर्ने काम गर्दै आएको उनले बताई । गित संगितमा निकै रुचि राख्ने ललिताको स्वर पनि निकै राम्रो रहेको छ । आफुलाई गायिका बन्ने रहर भएको तर आफुमा भएको क्षमता कतै देखाउन नपाएको उनले बताईन ।

त्यही भएर पनि आफू अहिले मिडिया खोज्दै आफ्नो आवाज सबै सामु पुर्याउन आएको उनले बताईन । सानैमा स्कुल पढ्दा देखि नै आफू गित गाउँदै आएको बताउने लालिमा स्कुलमा पनि आफ्नो स्वर शिक्षकहरुले निकै मन पराउने गरेको बताउँछिन । त्यही बाट आफूलाई संगित क्षेत्रमा अझ रुचि बढ्दै गएको लालिमा बताउँछिन । तर पछि बिबाह भए पछि भने आफू यस्ता कुराहरुबाट ओझेल परेको बताउँछिन । तर पनि एक्लो हुदाँ, काम गर्दा आफै गित गुनगुनाउने उनको भनाई छ ।

गत लकडाउन भन्दा अगाडि केही महिना संगित कक्षा लिएको भएता पनि बन्द भएकोले निरन्तरता दिन नपाएको लालिमा बताउँछिन । तर पनि आफू राम्रो गाउन सक्ने उनको बुझाई छ । सिक्न धेरै बाकिँ भएता पनि अवसर पाए यहि अवस्थामा पनि आफू राम्रो गरेर देखाउने उनले बताईन । संगित सिकाईलाई निरंतरता दिन आफ्नो आर्थिक अवस्थाले पनि नसकेको लालिमा बताउँछिन । आर्थिक अवस्था कमजोर भएकोले पनि आफ्नो आवाज सबैसामु पुर्याउन नसकेको हो कि भन्ने लागेको उनको भनाई छ ।

बिबाह पछिको दुखद पीडा पनि मनमा भएको उनले बताईन । बिबाह गरे पछि श्रीमानले दाइजो नल्याएको भन्दै आफुलाई कु’टपि’ट समेत गरेको उनले बताईन । त्यहि निहुँमा आफुलाई घरबाट निकालेर अहिले श्रीमानले अर्कै बिबाह गरेको लालिमा बताउँछिन । बिबाह गरेर यसरी अलग्गै बसे पछि समाजले हेर्ने दृस्ठिकोण पनि भिन्न पाएको लालिमाको भनाई छ । आफ्नो वारेमा गलत सोच राख्ने गरेको उनले बताईन । त्यसले पनि आफुलाई निकै पीडा दिने लालिमाको भनाई छ ।

तर पनि घर परिवारमा दाइ, भाउजू आदिको सहयोग भने रहेकोले आफुलाई केही सहज भएको उनले बताईन । परिवारले नै स्वर राम्रो छ गित संगित क्षेत्रमै प्रयास गर केही सफलता मिल्छ भनेर घर परिवारले हौसला र सहयोग गर्ने गरेकोले अहिले आफू मिडियामा सम्म आएको लालिमाको भनाई छ । सम्पुर्णले सहयोग गरेर आफुलाई केही अवसर दिन उनले आग्रह पनि गरेकी छिन । अवसर पाए निकै राम्रो गर्न सक्छु जस्तो आफुलाई लाग्ने गरेको लालिमा बताउँछिन । (भिडियो हेर्नुस)

https://youtu.be/9XK_BC4ep-k

प्रतिक्रिया

सम्बन्धित खवर