बिहिबार , जेठ २१, २०८३

भरतपुर (चितवन), २८ वैशाखः वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको मधेस प्रदेश०३–००१ख ९८१७ नम्बरको कोइला बोकेको ट्रक आज बिहान चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा पल्टिँदा नारायणगढ–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार अहिले ट्रक अन्यत्र सार्ने काम भइरहेको छ र दुर्घटनामा मानवीय क्षति नभएको बताउनुभयो । दुर्घटनास्थल मुग्लिनबाट दुई किलोमिटर दक्षिणमा पर्छ । सडक अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका सयौँ सवारीसाधन बाटोमा नै रोकिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर