latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

जुम्ला, २६ वैशाखः भोलि शनिबार सदरमुकाम खलङ्गा बजारमा आयोजना हुने जुम्ला–रारा अल्ट्रा म्याराथन ५९१ जना धावक सहभागी हुने भएका छन् ।

कर्णाली स्पोर्ट क्लबले आज यहाँ पत्रकार सम्मेलन गरेर छैटौँ संस्करणको दौडको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । क्लबका अध्यक्ष सरोज शाहीले ५१ किलोमिटर दौडमा स्वदेशी ७४, पोल्याण्ड अमेरिका र फ्रान्सका एकएक तथा भारतका दुई जना धावक सहभागी हुने बताउनुभयो ।

पाँच किमी दौडतर्फ कर्मचारीतर्फ १५५ जना, विद्यार्थी मात्र सहभागी हुने १० किमी दूरीतर्फ ३५५ जना र त्रिभुवन आर्मीबाट दुई जना गरी कूल ५९१ जना धावक प्रतियोगितामा सहभागी हुने जानकारी उहाँले दिनुभयो ।

म्याराथनका लागि रु २८ लाख विनियोजन गरिएको जानकारी दिँदै अध्यक्ष शाहीले प्रतियोगिताका माध्यमबाट जिल्लाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय