latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

भक्तपुर, १३ वैशाखः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका मन्त्री बद्रीप्रसाद पाण्डेले काठमाडौँ उपत्यकाका सम्पदा केबल सम्पदा मात्र नभई हाम्रो सभ्यताको चिनारी र परिचयको आधार भएको बताउनु भएको छ ।

भक्तपुर नगरपालिका र पुरातत्व विभागको संयुक्त आयोजनामा २०७२ सालको भूकम्पपश्चात पुनःनिर्माणको एक दशकको पुनरावलोकन र अन्तरराष्ट्रिय वैज्ञानिक समिति (काठमाडौँ उपत्यका विश्व सम्पदा क्षेत्र)को तेस्रो वार्षिक बैठकको शुक्रबार उद्घाटन गर्दै उहाँले उपत्यकाका भौतिक र अभौतिक सम्पदाको इतिहासले देशको गर्विलो इतिहासलाई उजागर गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ भन्नुभयो । मन्त्री पाण्डेले भूकम्पले क्षति पुगेका भौतिक र अभौतिक सम्पदाको मौलिक शैलीमा पुनःनिर्माण हुनु सबैको लागि गौरवको विषय भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सम्पदाप्रतिको मोह र आस्था नयाँ पुस्तामा जागृत गराउनु आवश्यक रहेको बताउदै उहाँले सम्पदा स्थानीय हुँदै विश्वव्यापी मान्यतासँग जोड्दै लैजान विश्वव्यापी रूपमा प्रचारप्रसार हुनुपर्छ । ”सम्पदा संरक्षणमा स्थानीयको सहभागिता महत्वपूर्ण पक्ष हो भएको जनाउँदै उहाँले पुरातात्विक सम्पदामाथि हुने हमला र हस्तक्षेपबारे सबैजना सचेत हुनुपर्ने औँल्याउनुभयो ।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले पूर्वाधार निर्माणस्थल, निर्माण सामग्री, निर्माणमा लाग्ने प्राविधिक र अन्य श्रमिक, निर्माणस्थलमा बस्ने सर्वसाधारण जनतालाई भूकम्पीय जोखिम न्युनीकरण गर्ने प्रविधिबारे जानकारी दिने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, काठमाडौँ महानगरपालिकाका प्रमुख सुनिता डङ्गोल, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, नेपालका लागि युनेकास्कोका प्रतिनिधि जाको डु टुइट, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहलगयतले २०७२ सालको विनाशकारी भूकम्पले क्षति पुगेका सम्पदाको जिर्णाेद्वार तथा पुनःनिर्माण सम्पन्न गर्नु आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय