latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

काठमाडौँ, १३ वैशाखः नेपाली कांग्रेसका नेता एवं पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डङ्गोलको पार्थिव शरीर नेवारी परम्पराअनुसार आज टेकु दोभानस्थित चिन्तामणिघाटमा अन्त्येष्टि गरिएको छ । धर्मपत्नी तेज माया र भाई बलराम डङ्गोललेपार्थिव शरीरमा दागबत्ती दिनुभयो । अन्त्येष्टिमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता, आफन्तजन र शुभेच्छुकको बाक्लो उपस्थिति थियो ।

लामो समयदेखि प्रोष्टेज क्यान्सर र मिर्गौलाको उपचार गराइरहनुभएका काठमाडौँ नगर पञ्चायतका पूर्वउपप्रमुख डङ्गोलको गए राति ७७ वर्षको उमेरमा सिनामङ्गलस्थित केएमसी अस्पतालमा उपचारको क्रममा निधन भयो ।

नेपाली राजनीतिमा जुझारू नेताका परिचय बनाउनुभएका डङ्गोल विसं २०६२÷६३ को प्रतिगमनविरुद्धको काठमाडौँको आन्दोलन उहाँकै नेतृत्वमा भएको थियोे । उहाँ विसं २०५६ र २०६५ मा प्रतिनिधिसभा सदस्य हुनुहुन्थ्यो ।

अन्त्येष्टि अघि उहाँको पार्थिव शरीर सानेपास्थित नेपाली कांग्रेस पार्टी कार्यलयमा राखिएको थियो । त्यसअवसरमा कांग्रेसका महामन्त्री गगन थापा, पूर्वमहामन्त्रीत्रय कृष्णप्रसाद सिटौला, शशाङ्क कोइराल र उपप्रधामन्त्री प्रकाशमानसिंह, केन्द्रीय सदस्य एवं गृहमन्त्री रमेश लेखक, काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोललगायतले श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

डङ्गोलका सहयात्री र शुभेच्छुकले उहाँ निर्भिक र सत्यको पक्षपाति भएको प्रतिक्रिया दिनुभएको छ । उहाँका सहयात्री तथा पूर्वमन्त्री भिमसेनदास प्रधानले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापित भए पनि दलका नेतामा असलभन्दा हाम्रा मान्छेको खोजी गर्ने मनस्थिति कायम गरेको अवस्थामा काठमाडौँ जिल्ला पूर्वसभापति डङ्गोलले समूह, नातावाद र कृपावादबाट माथि उठ्न शीर्षनेताहरुलाई पटक–पटक सचेत गराउनुभएको स्मरण गराउनुभयो ।

राष्ट्रियसभाका सदस्य अञ्जान शाक्यले पूर्वराज्यमन्त्री डङ्गोलको निधनले नेपाली कांग्रेसलगायत देशले एउटा कुशाल, इमान्दार र निष्ठावान नेता गुमाएको प्रतिक्रिया दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय