latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

किमाथाङ्का (सङ्खुवासभा), २ वैशाख : विश्वको पाँचौँ अल्लो मकालु शिखर मकालु हिमाल आरोहण गर्ने कान्छी आरोही सम्मानित हुनुभएको छ । सङ्खुवासभाको मकालु गाउँपालिका–२ नूर्व गाउँकी २८ वर्षीया किप्पा लामु शेर्पालाई आज सम्मान गरिएको हो ।

सदरमुकाम खाँदबारीमा एक कार्यक्रमकाबीच मकालु–२ नूर्व गाउँकी किप्पा शेर्पालाई मकालु गाउँपालिका–२ ले सम्मान गरेको मकालु–२ का वडाध्यक्ष छोपाल शेर्पाले बताउनुभयो । शेर्पाले आठ हजार चार सय ८५ मिटर उचाइको विश्वको पाँचौँ अग्लो मकालु हिमाल अप्रिल १० अर्थात् चैत २८ गते १० बजेर १० मिनेटमा सफ आरोहण गर्नुभएको थियो ।

शर्पामाले मकालु हिमालको बाटो बनाउने क्रममा नौ जनाको टोलीसहित सफल आरोहण गर्नुभएको थियो । विसं २०५३ माघ १५ गते नूर्व गाउँमा जन्मनुभएकी शेर्पाको श्रीमान् र चार दाजुभाइसमेत आरोही हुन् । उहाँहरूको विश्वको सर्वोच्च शिखर सगरमाथालगायत विभिन्न हिमाल सफल रूपमा आरोहण गरिसकेको कारण आपूmलाई प्रेरणा मिलेको बताउनुभयो ।

एक वर्षअघि ४५ दिन मकालु आधार शिविरमा बसेको अनुभव सगालेपछि यो पटक मकालु आरोहण गर्न सफल भएको शेर्पाले बताउनुभयो । शेर्पाको मकालु हिमाल आरोहण खर्चको व्यवस्थापन सेभेन सवमिट टे«क्सले गरेको छ । मकालु गाउँपालिकामा दुई दर्जन बढी आरोही रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय