म्याग्दी, २८ चैतः बेनीस्थित प्रदेश अस्पतालको ५० श्यया क्षमताको भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।

एक १८ करोड ८४ लाख आठ हजार ८९ को लागतमा निर्माणाधीन भवनको ९५ प्रतिशत काम सम्पन्न भएको छ ।

भवनको रङरोगनको काम पनि अन्तिम चरणमा पुगेको छ । भवनदेखि बाहिर पाँचसय मिटर रिङरोड कालोपत्र काम मात्र बाँकी छ । चार हजार नौ सय ६३ वर्गमिटर क्षेत्रफलमा निर्माण गरिएको चारतले तीन वटा भवनको भित्री भागमा झ्यालढोका र टायल राख्ने काम धमाधम भइरहेको छ ।

विसं २०७२ मा सरकारले बेनी अस्पताललाई १५ बाट ५० श्ययामा स्तरोन्नति गर्ने घोषणा गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय