latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

पाँचथर, २३ चैतः बुधवारदेखि तमोर नदीको किनार साँवासेराको जङ्गलमा डढेलो लागेपछि जङ्गल नजिकै घर भएका गाउँले समस्यामा थिए । अकस्मात डढेलो आइपुग्यो भने खर (फुस)को छानो भएका घर गोठ जोगाउने कुनै उपाय नहुने पीर गाउँलेमा थियो ।

https://youtu.be/CQvfLmd9D-w

सुक्खाले अत्यधिक प्रभावित यस स्थानमा वर्षा नभएको पनि छ महिना भइसकेको छ । वर्षा नहुँदा सुक्खाले पात पतिङ्गर सबै सुकिसकेका छन । त्यसमाथि हावाहुरी अत्यधिक चलिरहेको थियो ।

बुधवारदेखि सल्किएको डढेलो गाउँ आइपुग्न धेरै समय लागेन । साँवासेरामा लागेको डढेलो शुक्रबार कुम्मायक गाउँपालिका–१ यासोकको टङटङे र लेकेताम वनसम्म आइपुगेको थियो ।

डढेलो गाउँमा जानबाट रोक्न अग्नि रेखा निर्माण भएको थिएन । सुक्खाले प्रभावित गाउँमा आगो निभाउने गरी प्रशस्तै पानी हुने नै भएन । कुम्मायक गाउँपालिकाका कर्मचारीसमेत रहनुभएका काफ्लेपानीका कमल श्रेष्ठ शुक्रवार छिमेकी वीरबहादुर लावतीको घरको छानोमा बाल्टीभरि पानी लिएर बस्नुभएको थियो ।

घरको वरिपरी डढेलोबाट निस्केको धुँवाले ढाकिसकेको थियो । खरको छानो भएको उक्त घरमा हावाहुरीले आगोको झिल्का ल्याइपु¥याए जोगाउन नसकिने भएपछि उहाँले करीव दुई घण्टा पानी बोकेर छानो माथि बस्नुभयो ।

“आगो घरभन्दा करीव ५० मिटर मुनि जङ्गलमा आइसकेको थियो । त्यहाँ बाँसको झाँङ पनि थियो । आगो लागेपछि बाँसका पात हावामा उड्छन । आगो सल्किएका पात र झिल्को खरको छानोमा आइपुग्ला कि भनेर बाल्टीमा पानी लिएर छानोमा बसेको हुँ”, उहाँले भन्नुभयो, “आगोको झिल्को आइपुग्ना साथ बाल्टीको पानी छ्यापेर निभाउने प्रयास गरेका हौँ ।”

श्रेष्ठले छिमेकीको छानो रुघ्ने र अरु गाउँलेले घर नजिकै आइपुगेको आगो निभाउने काम गरेका थिए । उहाँजस्तै आगो निभाउने गएका अरु मानिस खरको छानो भएका घरको छानोमा पानी लिएर बसेका थिए । करीव १५ घरलाई यसरी छानो रुघेर जोगाइएको श्रेष्ठको भनाइ छ ।

सुक्खाले अत्यधिक प्रभावित कुम्मायक गाउँपालिका–१ यासोक, वडा नं ३ रानीगाउँ, वडा नं ४ रानीगाउँ र वडा नं ५ स्याबरुम्बाका विभिन्न वनमा डढेलो लागेको छ । वनमा लागेको डढेलो हावाहुरीका कारण क्षणभरमा नजिकै रहेका वस्तीमा पस्ने गरेको छ ।

सङ्घ, प्रदेश र स्थानीय सरकारले नागरिकका घरमा जस्तापाता लगाउने विभिन्न कार्यक्रम चलाएपनि अझैसम्म सबै घरमा जस्तापाता पुग्न सकेको छैन । वनमा लागेको डढेलो गाउँमा पस्दा आज मात्रै सो स्थानका घनेन्द्र दर्जी बसोबास गर्दै आएको घरको भान्साघर जलेको श्रेष्ठले जानकारी दिनुभयो ।

सोही डढेलो वस्तीमा पस्दा उक्त वडाको खाल्डेका दीर्घबहादुर खत्री, देवेन्द्र राई, यामकुमार चाम्लिङ, विष्णु राई, पहलमान कार्की, देवेन्द्र कार्की, डिकबहादुर कार्कीको घर, गोठ, अन्नपात, लत्ताकपडा, पशु चौपायासमेत जलेका छन ।

कुम्मायक गाउँपालिकाकै वडा नं ३ ताम्राखु वनमा लागेको डढेलोमा परी स्थानीय २६ वर्षीया प्रतिमा सम्बाहाम्फेको विहीवार मृत्यु भएको थियो । विहीवार दिउँसो प्रतिमासँगै २८ वर्षीया सपना सम्बाहाम्फे, ११ वर्षीया शिवाना सम्बाहाम्फे र ६० वर्षीया निरमाया सम्बाहाम्फे घाँस काट्न जङ्गल गएका थिए ।

आगलागीबाट जोगिन भाग्ने क्रममा उनीहरुलाई आगोको लप्काले भेटेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घाइते रहेका सपना, शिवाना र निरमायाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आजसम्म उपचार गरी थप उपचारका लागि आज कीर्तिपुर जलन अस्पताल पु¥याइएको कुम्मायक–३ का वडाध्यक्ष बावुराम कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय