
पाँच महिनापछि रवि लामिछाने पार्टी कार्यालय आउँदा स्वागत गर्नेको भीड || Rabi Lamichhane || RSP
पाँच महिनापछि पार्टी कार्यालय पुगेका रवि लामिछानेले गणतन्त्रवादी दलहरूलाई सम्बोधन गर्दै भने, “हामीलाई तपाईंहरूसँग फोटो खिचाउने रहर छैन। हामी कसैसामु शिर निहुराएर हिँड्दैनौं। गोली खान तयार छौं, तर एक पटक सदनमा हामीजस्तै योग्य मान्छे ल्याएर देखाउनुस्। दुई जना चोर मिलेर साधु बन्दैनन्।”
उनले वर्तमान सरकारप्रति असन्तुष्टि जनाउँदै थपे, “चार हजार प्रदर्शनकारीसमेत नियन्त्रण गर्न नसक्ने सरकारलाई सुशासनको कुरा गर्न सुहाउँदैन। अहिले सडकमा देखिएको आक्रोश राजाको पक्षमा होइन, ठूला दलहरूको कु–कर्मको परिणाम हो। यो अवस्था लामो समय टिक्दैन।”
उनले गणतन्त्रको नाममा भइरहेका गतिविधिप्रति प्रश्न उठाउँदै भने, “तपाईंहरूको कित्तामा उभिएर फोटो खिचाउने कुनै इच्छा छैन। तपाईंहरू जुन ठाउँमा उभिनुभएको छ, त्यो लोकतन्त्र होइन। तपाईंहरूले गणतन्त्रको खोल ओढ्नुभएको छ, तर रास्वपाले सत्य बोल्छ, कुनै खोल ओढ्दैन।”
https://youtu.be/SbwafeZozDw