latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

भैरहवा (रूपन्देही), १७ चैत : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि लगातार दोस्रोपटक नेपाल पुलिस क्लबले जितेको छ । शनिबार भैरहवामा भएको फाइनल खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई छ विकेटले हराउँदै उपाधि जितेको हो । यससँगै पुलिसले नगद रु १० लाखसहित आकर्षक ट्रफी हात पारेको छ ।

उपविजेतामा सीमित त्रिभुवन आर्मी क्लबले नगद रु पाँच लाखसहित रनरअप ट्रफी पाएको नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो । यसबाहेक अन्य थुप्रैले विभिन्न पुरस्कार जितेका छन् । प्रत्येक खेलमा म्यान अफ द म्याच घोषित हुनेले नगद रु पाँच हजार पाएका थिए भने प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान गण्डकी प्रदेशका अर्जुन कुमाल घोषित भए । उनले नौ खेलमा तीन सय ७४ रन बनाए । सो क्रममा उनले एक शतकसहित ४२ वटा चौका र दुईवटा छक्का प्रहार गरेका थिए । उत्कृष्ट ब्याट्सम्यानका रूपमा उनले बजाजको एनएस–२०० मोडेलको मोटरसाइकल र मेडल प्राप्त गरेका छन् ।

नेपाल पुलिस क्लबका बलर ललितनारायण राजवंशीले बजाजको दुईवटा एनएस–२०० मोडेलको मोटरसाइकल प्राप्त गरे । उत्कृष्ट बलर र प्रतियोगिताको उत्कृष्ट खेलाडीका रूपमा घोषित राजवंशीलाई दुईवटा मोटरसाइकल प्रदान गरिएको चन्दले जानकारी दिनुभयो । राजवंशीले फाइनलसहित गरी १० खेलमा ४१ विकेट लिएका थिए ।

यस्तै, उदीयमान खेलाडी नेपाल आर्मीका तृतराज दास घोषित भए । उनले रु ५० हजारसहित क्रिकेट कीट प्राप्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय