latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

लुम्बिनी (मर्चवार), १७ चैत : नेपाली लेखक सङ्घको आठौँ राष्ट्रिय अधिवेशन लुम्बिनीमा सुरु भएको छ । उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली लेखकहरू राष्ट्रको गौरव भएको उल्लेख गर्दै गौतम बुद्ध जन्मिएको भूमि लुम्बिनीमा यस्तो साहित्यिक महोत्सव आयोजना गर्नु आयोजकको उत्कृष्ट निर्णय भएको बताउनुभयो ।

अधिवेशनमा नेतृत्व चयनका लागि प्रतिस्पर्धा देखिएको छ । निर्वाचन संयोजक धर्मेन्द्र नेम्वाङका अनुसार अध्यक्ष पदका लागि डा रत्नमणि नेपाल र वियोगी बुढाथोकी प्रतिस्पर्धामा छन् । सहअध्यक्षमा डा शैलेन्द्रप्रकाश नेपाल, मनोज न्यौपाने र सन्ध्या पहाडीबीच प्रतिस्पर्धा हुनेछ । महासचिवका लागि प्रकाश बिमिल, नवीनचन्द्र घिमिरे र सोझो गाउँले चुनावी दौडमा छन् भने उपमहासचिवमा नारायण सापकोटा र सरस्वती तिमिल्सेना भिड्ने भएका छन् ।

निर्वाचन समितिका अनुसार अधिवेशनान ३९ पदका लागि ४६ जनाले उम्मेदवारी दिनुभएको थियो । तीमध्ये ६ उपाध्यक्ष, एक कोषाध्यक्ष, चार सचिव र २४ सदस्य पदमा एकल उम्मेदवारी दर्ता भएका कारण उक्त पद स्वतः निर्विरोध चयन भएको छ । अधिवेशनको अवसरमा नेपाली कांग्रेसका प्रवक्ता एवं विशिष्ट अतिथि प्रकाशशरण महतले हाल सामाजिक सञ्जालको प्रभावबारे चिन्ता व्यक्त गर्दै पहिलेको जमानामा मानिस पुस्तक खोजीखोजी पढ्ने संस्कार रहेको तर अहिले सामाजिक सञ्जालका कारण दृष्टिकोण सतही बन्दै गएको टिप्पणी गर्नुभयो ।

अधिवेशनमा देशभरका श्रष्टा, लेखक तथा साहित्यप्रेमीको उपस्थिति छ । दुई दिनसम्म चल्ने यस महोत्सवमा विभिन्न साहित्यिक सत्र, विचारगोष्ठी तथा नेतृत्व चयन प्रक्रिया सम्पन्न हुनेछन् । आयोजकले यस अधिवेशनले नेपाली साहित्यिक क्षेत्रमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरेका छन् । कार्यक्रममा कवि तीर्थ श्रेष्ठ, सल्लाहकार डा तुलसी भट्टराई र डा ज्ञानु पाण्डे तथा साहित्यकार बनमाली निराकारले आ–आफ्नो धारणा राख्नुुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय