latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

फेसबुकमा चिनजान भएकी युवती एकदमै मन परेपछि नेपाली युवक हेलिकोप्टर चार्टर्ड गरेर गए प्रेमिका लिन
एक समय थियो जब हेलिकोप्टर सामान्य परिवारका लागि सपना जस्तै थियो तर अब समयको फेरिएको छ । नेपाली समाजको समाजिक, आर्थिक विकाससंगै केही वर्ष अगाडीसम्म राजपरिवार, ठूलाबडा व्यापारी र नेताहरूका छोराको बिहमेमा देखिने हेलिकोप्टर आजभोलिआम नेपालीको बिहेमा समेत देखिनथालेका छन । सर्लाहीका एक सामान्य परिवारकाजोडिले समेत हेलिकोप्टर चार्टर्ड गरेर बिहे गरेको छ ।

हरिवननगरपालिका– १ भोक्टेनी निवासी झरीलाल यादवका २३ वर्षीय छोरा अरोज यादव ले हेलिकप्टर चार्टर्ड गरेर विवाह गरेको छ । मंलगवा नगरपालिका–३ निवासी श्यामबाबु रायको छोरी २१ वर्षीय छोरी गुडी यादव बुधावार हिन्दु परम्पराअनुसार बिवाह सम्पन्न भएको छ ।

विगत दुई बर्षदेखि फेसबुकबाट सुरुवात भएको चिनजान केही महिनामै प्रेममा परिणत भएको थियो । फेसबुकमा प्रोफाइल फोटो मनपरेपछि मैले दोस्तीको लागि अनुरोध गरेकोेथिए तर मैसेज गरेको ७ पछि मात्र रिप्लाई आएको दुल्हा अरोज यादवले बताए ।

फेसबुकमा नयाँ व्यक्तिको अनुरोध आएपछि मैले ३ दिनसम्म फेसबुकमा अनुरोध स्विकार नगरेको दुल्ही गुडीले बताइन् । केटा राम्रै हेरेपछि फेसबुक अनुरोध स्विकार गरी ७ दिनपछि म्यासेजको रिप्लाई गरे । म्यासेज रिप्लाई गरेसँगै हाम्रो फेसबुक च्याट सुरु भयो । दुवै जनाको कुरा र विचार मिल्न थालेपछि एक महिनानबित्दै हामी धेरै नजिकभए ।

उनले मलाई प्रोजोज गरेपछि मैले नाई भन्न नसेको दुल्ही गुडीले बताइन् । हामी प्रेम सम्बन्धमा आएपछि नियमित कुराकानी र भेटघाट हुनथाल्यो । करिब डेढ वर्षपछि प्रेम सम्बन्धपछि हामीले बिहे गर्ने निधो गरे । केटा पनि आफ्नै जातका भएकाले प्रेम बारे आ–आप्mनो अभिभावकलाई प्रेम सम्बन्धबारे बताउने निर्णय गरे ।

बिहेका लागि दुवैले आफनो अभिावकलाई भनेपछि सुरुमा अनाकानी गरे । तर, हामीकुनै शर्तमा अरूसँग बिहे गर्दैनौं भनेपछि अन्त्यमा अभिभावक सहमत भएको दुल्हा अरोज यादवले बताए ।छोरीले घरमा प्रेमबारे भनेपछि सुरु सुरुमा रिष समेत उठयो । तर, केटा आफ्नै जातको पढेलेखेको संस्कारी र घरपरिवार सबै राम्रै भएको थाहा पाएपछि आफू पनि बिहेका लागि सहमतभएको दुल्हीको बुबा श्यामबाबु रायले बताए ।

केटीपक्षको परिवार समेत राम्रो भएको र छोराले मन पराएपछि आफूले बिहेका लागि सहमतभएको दुल्हाको बुबाझरीलाल यादवले बताए । २ लाख रुपिया एउटा सामान्य परिवारकालागि धेरै ठूलो रकम भएपनि छोरा बुहारीले हेलिकोप्टर चढने चाहना देखाएपछि २ लाखखर्च गरेर हेलिकोप्टर चार्टर्ड गरेको यादवले बताए । छोराको बिहेमा हेलिकोप्टर चार्टड गर्न पाएकामा हाम्रो सबै परिवार नै खुसी रहेको र आफू गर्भ महसुस गरेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय