latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

सहयोग रकम दुरुपयोग भएको छैन, चाँडै खर्च विवरण सार्वजनिक गर्छाैँ : धुर्मुस-सुन्तली फाउन्डेसन

काठमाडौं । चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाबाट हात झिकिसकेको धुर्मुस-सुन्तली फाउन्डेसनले खर्च विवरण चाँडै सार्वजनिक गर्ने जनाएको छ ।

सोमबार फाउण्डेशनले विज्ञप्तिमार्फत हाल सरकारी मूल्यांकनको कार्य चलिरहेको, परियोजना विधिवतरुपमा हस्तान्तरण भइनसकेको हुनाले उक्त हस्तान्तरण प्रक्रिया सम्पन्न भएपश्चात सबै खर्च विवरण सार्वजनिक गर्ने जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘हाल सरकारी मूल्यांकनको कार्य चलिरहेको र परियोजना विधिवतरुपमा हस्तान्तरण भइनसकेको हुनाले उक्त हस्तान्तरण प्रक्रिया सम्पन्न भएपश्चात हामी सबै विवरण सार्वजनिक गर्ने नै छौं । अहिलेलाई हामी मूल्यांकनको सहयोगी बनेर अघि बढेका छौं ।’

सहयोगी दाताले दिएको रकम हिनामिना भएको भन्दै आइतबार फाउण्डेशनविरुद्द मुद्दा दायर भएको थियो । फाउन्डेसनविरुद्द उजुरी परेको भोलिपल्टै धुर्मुस–सुन्तलीले विज्ञप्तिमार्फत खर्च विवरण चाँडै सार्वजनिक गर्ने बताएका हुन् । साथै, प्राप्त सहयाेग रकम दुरूपयाेग नभएकाे पनि फाउन्डेसनले स्पष्ट रूपमा भनेकाे छ ।

साथै, आधिकारिक रिपोर्ट नआउञ्जेल परियोजनामा भएको खर्चलाई लिएर कपोलकल्पित आरोप नलगाइदिन फाउन्डेसनले आग्रह गरेको छ ।

‘सहयोगी मनहरुबाट प्राप्त रकमको दुरुपयोग हामी सोच्न पनि सक्दैनौं । परियोजनामा कुनै प्रकारको अनियमितता र गलत कार्यको गुञ्जायस नरहेकोमा सबैलाई आश्वस्त तुल्याउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा उल्लेख भएअनुसार फाउन्डेसनले युवा तथा खेलकुद मन्त्रालय, अर्थ मन्त्रालय र भरतपुर महानगरपालिकासँग पटकपटक छलफल गरी भरतपुर महानगरपालिकामा गत पुस २ गते स्वामित्वग्रहणको लागि अनुरोधपत्र बुझाएको हो ।

सोभन्दा पहिले फाउन्डेसनको तर्फबाट २०७८ साल मङ्सिर २३ गतेसम्मको आम्दानी–खर्चको विवरण, भुक्तानी दिनुपर्ने रकम र सोको विवरण तथा २०७८ साल असार मसान्तसम्मको लेखापरिक्षण प्रतिबेदन र भौतिक प्रगति प्रतिवेदन बुझाइएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय