latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

दाङ, १२ चैत : दाङको घोराही उपमहानगरपालिका–९ खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा लागेको आगो नियन्त्रणमा आएको छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी वरिष्ठ उपरीक्षक जनार्दन जिसीका अनुसार आज दिउँसोदेखि आगो नियन्त्रणमा आएको हो । “प्लाईको कच्चा वस्तु भएकाले कोट्याउँदा धुँवा निस्के पनि आगो नियन्त्रणमा ल्याइएको छ”, उहाँले भन्नुभयो, “अब जोखिम छैन ।”

आगो नियन्त्रणमा आइसकेकाले बाहिरी जिल्लाबाट आएका दमकल पनि फिर्ता पठाइसकिएको उहाँको भनाइ छ । उहाँका अनुसार बर्दियाको बाँसगढी नगरपालिका, बाँकेको कोहलपुर नगरपालिका, कपिलवस्तुको शिवराज नगरपालिका र रूपन्देहीको दमकललाई पठाइसकिएको छ ।

आइतबार बिहान करिब २ बजेतिर आगलागी भएको थियो तर, लामो समयसम्म आगो नियन्त्रण हुन नसकेपछि चौतर्फी आलोचना पनि भएको थियो ।

आगलागीबाट भएको क्षतिको विवरण भने अझै आएको छैन । प्लाई उद्योगमा रहेका सबै मेसिन, कच्चा वस्तु जलेर नष्ट भएका छन् । सोही उद्योगमा पाँच सय बढी कर्मचारीले काम गर्दै आएका छन् ।

https://youtu.be/LzZxlWmW97A

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय