latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

चुलाचुली गुफा ओझेलमा
भोजपुर, ३ माघ (रासस) ः
भोजपुरको दक्षिणी क्षेत्रमा रामप्रसादराई गाउँपालिका– ४ दलगाउँमा रहेको धार्मिक तथा पर्यटकीयस्थल चुलाचुली गुफा ओझेलमा परेको छ । यहाँका ढुङगामा रहेका देवीदेवताको आकृतिसँगै ढुङ्गाको बनावट सबैका लागि अनौंठो लाग्छ । डाँडामा रहेको यो स्थानको करिब दुई रोपनी क्षेत्रमा रहेको ढुङ्गा खोलाका बगर झै कुदिएका छन् । दलगाउँको दिपेनीमा रहेको यो गुफाभित्र महादेवको मूर्ति रहेको स्थानीयवासीको भनाइ छ ।

स्थानीयवासी हरिबहादुर राईले भन्नुभयो,‘‘परापूर्व कालदेखि नै यो ठाउँका ढुङगा यस्तै छन् । यो एउटा धार्मिकस्थल हो । यहाँको गुफाभित्र शिवको मूर्ति पनि छ ।’’दुर्गम तथा प्रचारप्रसार नभएको कारण यो स्थान ओझेलमा परेको राईको भनाइ छ । ‘‘यस्तो प्रकारका अनांैठो धार्मिकस्थल नेपालमा कमै होलान् । हेर्न आउने यहाँको ढुङ्गाको बनावट देखेपछि अचम्ममा परेर हामीलाई सोध्छन्”, राईले भन्नुभयो,‘‘यो क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विस्तार गर्न सके धेरै पर्यटक भित्र्याउन सकिन्छ ।’’

यहाँका ढुङ्गामा मादलसमेत बजाउन सकिने स्थानीयवासी शान्तकुमार राईले बताउनुभयो । अहिले दैनिक रुपमा दुई समूह मानिस आउने गरेको उहाँको भनाइ छ । राईले भन्नुभयो,‘‘यो ठाउँ निकै सुन्दर र अनौंठो प्रकारको छ । अहिले आन्तरिक पर्यटक आएर दर्शन गर्ने गरेका छन् । हामी स्थानीयवासीले दैनिक रुपमा पूजाआजा गर्दै आएका छौँ ।’’

गाउँपालिकाले यो धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि विस्तृत परियोजना प्रतिवदेन तयार गरेर काम गरिरहेको जनाएको छ । यसलाई गाउँपालिकाको आर्थिक स्रोतको रुपमा विकास गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष विजय राईले बताउनुभयो । राईले भन्नुभयो,‘‘यहाँको ढुङ्गाको बनावटले सबैलाई अचम्म पार्छ । अहिले यसको योजनाबद्ध विकासमा गाउँपालिका जुटेको छ ।’’ संरक्षण तथा सुरक्षाको लागि सो स्थान रहेको ठाउँमा पर्खाल लगाएर घेराबार गरिरहेको छ । यसलाई थप व्यवस्थित गरेर लैजाने तयारीका साथ काम भइरहेको गाउँपालिका उपाध्यक्ष सम्झना राईले जानकारी दिनुभयो । उपाध्यक्ष राईले भन्नुभयो,‘‘यस क्षेत्रको निकै ठूलो धार्मिक महत्व छ । यो ठाउँ ओझेलमा थियो तर जनप्रनिधि आएपछि स्थानीयवासीको चाहना अनुसार यो ठाउँको विकासमा जुटेका छौँ ।’’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय