latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

कुवेतमा नेपाली महिला मोवाईल चलाउदै सडकमा हिड्दै गर्दा दुर्घटनामा परी मृत्यु

कुवेत । कुवेतमा एक नेपाली महिला मजदुरको मृत्यु भएको छ । सडकमा मोवाईल चलाउदै हिडीरहेको बेला क्रेनले ठ क्कर दिदा ती कामदार महिलाको मृत्यु भएको हो ।

 

दुवई प्रहरीका अनुसार घटना कुवेतको मङ्गाफमा भएको थियो । लामो समयदेखि कुवेतमा काम गर्दै आएकी सिन्धुपाल्चोक जिल्ला घर भएको माया तामाङले सडक पार गर्ने क्रममा विपरित दिशाबाट आएको क्रेनले ठ क्कर दिँदा घटनास्थलमा नै मृत्यु भएको दुवईस्थित नेपाली दूतावासले समेत पुष्टि गरेको छ ।

 

दिउँसो करिब १ बजे घटना भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । घटनालगतै स्थानीय कुवेत प्रहरीले मुचुल्कासहित श व पोस्टमार्टमका लागि हस्पीटल पठाएको छ ।

 

क्रेन चालकलाई प्रहरीले नि यन्त्रणमा लिई कारवाहीका लागि चलान गरेको जनाएको छ । श वलाइ पोस्टमार्टमका लागि हस्पिटल लगिएको बुझिएको छ ।

 

अन्य नेपाली कामदार प्रत्यक्षदर्शीका अनुसार मृतक तामाङले सडक पार गर्दै गर्दा हातमा मोवाईल चलाउँदै हिडीरहेकी थिइन् । मोवाईलमा एकोहोरिएकी तामाङले क्रेन आएको थाहा नपाउदा दुर्घटना भएको उनीसँगै काम गर्ने एक साथीले बताए ।

 

गैरआवासीय नेपाली संघ कुवेत आबद्ध नवराज पराजुलीका अनुसार श व आवश्यक प्रक्रिया पूरा भएपछि नेपाल पठाइनेछ ।जेठोखबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय