latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

ललितपुर, ९ चैतः सधैँ घरायसी काममा व्यस्त रहने महिलालाई आफ्नो स्वास्थ्यका लागि पनि समय निकाल्न प्रेरित गर्ने उद्देश्यले आज ललितपुरमा महिला ‘हाफ म्याराथन’ आयोजना गरियो ।


स्तनक्यान्सरबारे सचेत गराउने मुख्य लक्ष्यका साथ आयोजित प्रतियोगितात्मक हाफ म्याराथनमा सुनसरी रोकायाले उपाधि चुम्नुभएको छ ।

यसैगरी, १० किलोमिटर दौडको उपाधि निशा शार्की, पाँच किलोमिटरमा सरस्वती भट्टराई र तीन किलोमिटरको उपाधि सम्झना राईले हात पार्नुभएको छ ।

हाफ म्याराथनमा पुष्पा भण्डारी दोस्रो र निर्मला केसी तेस्रो हुनुभएको छ । दश किलोमिटर दौडमा आशा रावत दोस्रो र सुमित्रा चौधरी तेस्रो हुनुभएको छ । पाँच किलोमिटरमा अनुश्रिया तण्डुकार दोस्रो तथा ममिता धामी तेस्रो हुनुभएको हो । तीन किलोमिटर दौडतर्फ गायत्री श्रेष्ठ दोस्रो तथा शुपृता थापा तेस्रो हुनुभयो । दौडमा बालिकादेखि वृद्धासम्मको सहभागिता थियो । प्रतियोगिता लेजर पोर्ट नेपालले आयोजना गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय