latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

गोरु पाल्ने किसानलाई पालिकाको अनुदान

तम्घास (गुल्मी), १ चैतः चन्द्रकोट गाउँपालिकाले हल गोरु पाल्ने किसानलाई अनुदान दिनेभएको छ । गाउँपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमअनुसार पालिकाभित्र हल गोरु पाल्ने किसानलाई प्रतिकिसान रु तीन हजारका दरले अनुदान दिने जनाएको छ ।

अनुदान दिनका लागि पालिकाले दुई सय ५८ किसान छनोट भएका छन् । जसअनुसार वडा नं १ मा २४, वडा नं २ मा ३४, वडा नं ३ मा नौ, वडा नं ४ मा ३९ तथा वडा नं ५ मा ६९ जना छन् ।

त्यसैगरी वडा नं ६ मा ३१, वडा नं ७ मा १४ र वडा नं ८ मा ३८ जना किसान छनोट भएको गाउँपालिकाका सूचना अधिकारी शिव ज्ञवालीले जानकारी दिनुभयो ।

अनुदानका लागि पालिकाले आवेदन खुलाएको थियो । जसमध्ये पालिकाले अनुगमन गरेपश्चात् कम्तीमा दुई वटा अर्थात् एक हल गोरु पाल्ने किसानलाई छनोट गरेको ज्ञवालीले जानकारी दिनुभयो । अनुदानको रकम सम्बन्धित वडाबाट वितरण गरिनेछ ।

गाउँपालिका अध्यक्ष युवराज केसीले विविधतायुक्त कृषि प्रणालीलाई सहयोग गर्न अनुदान दिन थालिएको बताउनुभयो । “समथर र ठूला खालका जग्गामा यन्त्र उपकरण दिइएको छ”, उहाँले भन्नुभयो, “भिराला जग्गामा गोरुकै काम हुने भएकाले अनुदान दिन थालेका हौँ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय