latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

नेपालगञ्ज, २२ फागुनः बाँकेको खजुरामा धार्मिक वाटिका निर्माण गरिने भएको छ । त्यसका लागि आजदेखि धार्मिक अनुष्ठान प्रारम्भ भएको छ ।

अनुष्ठान सचिवालयका संयोजक भक्तबहादुर केसीका अनुसारस्थानीय शिवकालिका मन्दिरको एक बिघा जग्गामा वाटिका निर्माण गरिने छ । मन्दिर परिसरलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन पहिलो धार्मिक पुष्पवाटिका निर्माण गरी ज्येष्ठ नागरिकका लागि सत्सङ्गस्थल बनाउन अनुष्ठान आयोजना गरिएको हो ।

उहाँले नेपालगञ्ज गुलरिया हुलाकी राजमार्गको खजुराखण्डको नजिकै एक बिघा जग्गामा निर्माण प्रस्ताव गरिएको धार्मिक वाटिका विविध वनस्पति, जडीबुटी र पुष्पको अनुपम सङ्गमका रुपमा स्थापित गर्ने लक्ष्य रहेको बताउनुभयो ।

यही फागुन २८ गतेसम्म सञ्चालन हुने अनुष्ठानमा सुप्रिया किशोरीले कथा वाचन गर्नुहुनेछ । अनुष्ठान अवधिभर व्रतबन्ध, चौरासी पूजा, रुद्राभिशेषलगायत धार्मिक कार्य गरिने छ । शिवकालिका मन्दिर खजुरा क्षेत्रको प्राचीन मन्दिर हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय