latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

जुम्ला, ११ फागुन : चन्दननाथ नगरपालिकाले आन्तरिक तथा बाह्य पर्यटनको गन्तव्य बनाउन सदरमुकाम खलङ्गा बजारको बीचमा उत्तर दक्षिण बग्ने जुगाडखोलामा करिडोर निर्माणको काम अघि बढाएको छ ।

सदरमुकाममा रहेको खोलालाई स्वच्छ सफा, हराभरा र व्यवस्थित बनाउनेदेखि पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले करिडोर बनाउन थालिएको नगरप्रमुख राजुसिंह कठायतले जानकारी दिनुभयो ।

चन्दननाथ नगरपालिकाका उपप्रमुख रामदेवी खड्काले करिडोरको शिलान्यास गर्दै यसले जुगाडखोलालाई नयाँ पहिचान दिने बताउनुभयो । पर्यटन पूर्वाधार निर्माणका लागि करिडोरको रेखाङ्कन यसअघि नै भइसकेको छ । खानेपानी उपभोक्ता समितिको कार्यालय नजिकैबाट डोजर प्रयोग गरी काम सुरु गरिएको नगरपालिका उपप्रमुख खड्काको भनाइ छ ।

बहुवर्षीय योजनाअन्तर्गत पहिलो चरणमा रु छ करोड बजेट विनियोजन गरिएको छ । चालु आर्थिक वर्षभित्रै तीन किलोमिटर क्षेत्रमा करिडोर निर्माण गरिने नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाको भनाइ छ । खानेपानी उपभोक्ता समितिको कार्यालयदेखि चन्दननाथ–४ मालाभिडसम्म दायाँबायाँ दुई मिटर फराकिलो करिडोर निर्माण हुने छ । उक्त करिडोर निर्माणका लागि सहकारी विकास तथा भवन निर्माण आयोजना जुम्लाबाट रु २० करोड बजेट प्राप्त भएको छ ।

करिडोरभित्र स्टेट लाइट, सिसी क्यामेरा र विश्रामस्थल निर्माण गरिने छ । जुगाडखोलाको सफाइ र सौन्दर्यकरणसँगै यो करिडोर स्थानीयका लागि मात्रै होइन, बाहिरी आगन्तुकका लागि पनि आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बुढ्थापाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय