latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले रोजगारीका लागि रोमानिया जान चाहने नेपालीहरुले नेपालबाटै भिसा आवेदन गर्ने व्यवस्था गर्न आग्रह गरेका छन् ।

वैदेशिक रोजगारीका लागि रोमानिया जाने नेपाली कामदारको भिसा प्रक्रियाका लागि हाल भारतको राजधानी नयाँ दिल्ली जानुपर्ने बाध्यता रहेको छ । भिसा प्रक्रियाका लागि लामो समय नयाँदिल्लीमा बस्नुपर्दा लागतसमेत अनावश्यक रूपमा बढ्ने गरेकोे छ ।

बिहीबार शिष्टाचार भेटमा आएका नेपालका लागि रोमानियाका नवनियुक्त राजदूत डेनियला सेजोनोभ टेनसँगको कुराकानीमा मन्त्री श्रेष्ठले उक्त आग्रह गरेकोे मन्त्री श्रेष्ठको निजी सचिवालयले जनाएको छ ।

मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–रोमानियाबीचको आपसी सम्बन्ध र दुई पक्षीय चासोका साथै रोजगारीका लागि रोमानिया जान चाहने नेपालीहरुले भिसा प्रक्रियाका बारेमा छलफल भएको थियोे ।

पछिल्लो पाँच वर्षमा नेपालबाट ७ हजार ६ सय १८ जना रोमानिया गएका छन् । रोमानियाका लागि गत असोज महिनामा २ सय ९ जना र कात्तिकमा २ सय ५० जनाको श्रम स्विकृति भएको छ ।

मन्त्री श्रेष्ठले नेपालबाट रोमानिया जाने नेपालीको संख्या बढिरहेको भन्दै रोमानियाको रोजगारीप्रति नेपालीको चासो बढेको बताएका थिए । नेपालले रोमानियासँग श्रम सम्झौता गर्न चाहेको र नेपालले पठाएको श्रम सम्झौताको मस्यौदामा रोमानिया सरकारले सकारात्मक प्रतिक्रिया जनाएकोमा धन्यवाद व्यक्त गर्दै मन्त्री श्रेष्ठले नेपाल रोमानियासँग आपसी समझदारीमा काम गर्न ईच्छुक रहेको जानकारी दिएका थिए ।

नेपाल र रोमानियाबीच सन् १९६८ मा द्विपक्षीय कुटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

रोमानियामा नेपालीहरूले कृषि, सेवा क्षेत्र तथा उद्योगमा आकर्षक तलबसहित रोजगारी गरिरहेका छन् । मानवअधिकारको उच्च सम्मान हुने उक्त मुलुकमा नेपालीका लागि धेरै माग रहेको तर डिमाण्ड प्रमाणीकरणमा समय लाग्ने वैदेशिक रोजगार व्यवसायीहरूले बताउने गरेका छन् ।

जवाफमा राजदूत डेनियलाले रोमानिया सरकार नेपालसँग सहकार्य गर्न तयार रहेको बताएको पनि मन्त्री श्रेष्ठको सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय