latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

काठमाडौँ, २७ माघ : सञ्चारकर्मी दीपक समिरद्वारा लिखित कथासङ्ग्रह ‘मुना मदनको डिभोर्स पार्टी’ विमोचन गरिएको छ । शनिबार कमलादीस्थित नेपाल प्रज्ञा भवनमा रहेको पारिजात हलमा सार्वजनिक प्रसारण सेवा नेपालका अध्यक्ष डा महेन्द्र विष्ट, सदस्य फूलमान वल, साहित्यकार डा गीता त्रिपाठी, लेखक समिरलगायतले संयुक्त रूपमा कथासङ्ग्रह विमोचन गर्नुभयो । कथा, गीत, गजल लेखेता पनि सङ्ग्रहित गरेर पहिलोपटक पुस्तकको स्वरुपमा ल्याएको लेखक समिरले बताउनुभयो ।

 

उहाँले भन्नुभयो, “मैले विभिन्न समयमा लेखेको कथालाई सङ्ग्रहित गरेर पुस्तक बनाएको छु । यो पहिलो प्रयास भएकाले केही कमजोरी हुनसक्छ, तर मैले इमान्दारितापूर्वक यसलाई सृजना गरेको छु । यो मेरा लागि सदैव महत्त्वपूर्ण रहने छ ।”

उहाँले परिवारको सहयोग र आफ्नो लगनशीलताले लेखनयात्राको पहिलो खुड्किलो उक्लिन सम्भव भएको बताउनुभयो । उहाँको जन्मदिन पारेर ‘मुना मदनको डिभोर्स पार्टी’ कथासङ्ग्रहलाई इन्डिगो इङ्कले बजारमा ल्याएको हो । उक्त कार्यक्रममा पुस्तकको समीक्षा गर्दै डा त्रिपाठीले पहिलो प्रयास स्वागतयोग्य रहेको बताउनुभयो ।

“लेखकको कल्पना शक्तिले धेरै कुरा जोडेको छ । पहिलो कथासङ्ग्रह भएकाले यहाँ भएका केही कमजोरीलाई नजरअन्दाज गर्न सकिन्छ । यसमा रहेका कथामा विविधता रहेका छन्”, साहित्यकार डा त्रिपाठीले भन्नुभयो ।

सार्वजनिक प्रसारण सेवा नेपालका अध्यक्ष डा विष्टले सञ्चारकर्मसँगै लेखकका रूपमा सुरु भएको यात्रालाई सन्तुलन मिलाएर अगाडि बढ्न शुभकामना दिनुभयो । उहाँले भन्नुभयो, “उहाँ राम्रो सञ्चारकर्मी भएकाले लेखकका रूपमा परिचय थपिँदै गर्दा दुवैलाई सन्तुलित रूपमा अगाडि बढाउनुहुन्छ भन्नेमा विश्वस्त छु । उहाँको कथामा विविधता छ, रोचकता छ । सामाजिक विकृतिलाई व्यङ्ग्य गर्नुका साथै यसमा सचेत पनि गराइएको छ ।”

यस्तै, सार्वजनिक प्रसारण सेवा नेपालका सदस्य वलले कथाकार समिरलाई कुमार नगरकोटी शैलीको लेखकका रूपमा बुझेको उल्लेख गर्दै सानो कथानकमा कथा बुन्न सक्ने कथाकार भन्दै प्रशंसा गर्नुभयो । आयोजित कार्यक्रममा साहित्यकार, कवि, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय