latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

काठमाडौँ, १६ माघः सभामुख देवराज घिमिरे सहिद दिवसका अवसरमा सम्पूर्ण देशवासीलाई एकताको भावनासहित अघि बढ्न आह्वान गर्नुभएको छ ।

सहिद दिवस २०८१ को अवसरमा आज उहाँले जारी गर्नुभएको शुभकामना सन्देशमा सहिदहरूले सिकाएको सहिष्णुता, एकता र दृढताको मार्गमा अघि बढ्दै उनीहरूको बलिदानलाई सम्मान गर्नु नै सच्चा श्रद्धाञ्जलि हुने उल्लेख छ । “नेपालको दिगो विकास र समृद्धि मात्र सहिदहरूको सपना पूरा गर्ने माध्यम हो”, सन्देशमा भनिएको छ, “देशको समृद्धि हासिल गर्नका लागि हाम्रा योजना र स्रोतलाई सही ढङ्गले परिचालन गर्दै नेपालीको जीवनस्तर सुधार गर्नुपर्ने छ ।”

विभिन्न आन्दोलनको जगमा अहिले सङ्घीयतासहितको लोकतान्त्रिक प्रणालीमा आइपुगेको उल्लेख गर्दै लोकतन्त्रका खातिर जीवन आहुति दिने सहिदको सपनालाई साकार पार्नु साझा दायित्व सन्देशमा छ । सन्देशमा भनिएको छ, “सहिदहरूले चाहेको न्यायपूर्ण समाज, समानता र समृद्धिका लागि हामीले आफ्नो कर्तव्य निर्वाह गर्नैपर्दछ, निष्ठा, पारदर्शिता र इमानदारीका साथ काम गर्दै सहिदहरूले देखाएको मार्ग अनुसरण गर्नु आजको आवश्यकता हो ।”

सभामुख घिमिरेले मुलुकको स्वाधीनता, लोकतन्त्र, मानव अधिकार र समतामूलक समाजको परिकल्पनाका लागि विभिन्न ऐतिहासिक आन्दोलनमा सहिदहरूले ज्यानको आहुति दिएर देशलाई नयाँ मार्ग दर्शन दिएका र शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठजस्ता अमर सहिदले दिएको बलिदानको जगमा हाम्रो देशमा राजनीतिक परिवर्तन सम्भव भएको बताउनुभएको छ ।

सभामुख घिमिरेले ऐतिहासिक तथा लोकतान्त्रिक आन्दोलनहरूमा जीवन उत्सर्ग गर्नुहुने ज्ञात–अज्ञात महान् सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै सहिद दिवसले सबैलाई देश र जनताको सेवा गर्न थप प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय