नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओलीका कारण नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने अवस्था आएको बताएका छन् ।
प्रधानमन्त्री पद त्यागेर वैचारिक एकता, जनताप्रतिको निष्ठा र स्थिरताका लागि एमालेसँग एकता गरेको भन्दै दाहालले अहिले पुरानै अवस्थामा आइपुगेको बताए । ‘देउवाले ५ वर्ष प्रधानमन्त्री हुनुस्, सबै मन्त्री राख्नुस् लेखेर दिन्छु भन्दा पनि मानिएन । वैचारिक एकता, निष्ठालाई प्राथमिकता दिइयो,’ उनले भने, ‘अहिले देउवालाई प्रधानमन्त्री भइदिनुस् खानुस् भन्ने अवस्था आयो । देउवाजीलाई धन्यवाद छ मानिदिनुभयो ।’
अखिल नेपाल शिक्षक संगठन एकताको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले थपे, ‘त्यसैअन्तर्गत बालुवाटार, बालकोट र सातै प्रदेशबाट आउट गरियो नि त ।’
भारतले बाटो नदिएपछी जोखिम मोलेर छाङरु पुग्यो जनगणना टोली !
दार्चुला, मङ्सिर ६ गते । दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङरु र तिकंर गाउँको जनगणनाका लागि जनगणना कार्यालय दार्चुलाको टोली तीन दिनको जोखिमपूर्ण पैदल यात्रा गर्दै छाङरु पुगेको छ ।
दार्चुलाका जिल्ला जनगणना अधि कृत पदमराज पाण्डेका अनुसार शुक्रबार खलंगाबाट प्रस्थान गरेको सहायक जनगणना अधिकृत खगेन्द्र कार्की नेतृत्वको टोली सोमबार दिउँसो १२ बजे छाङरु पुगेर जनगणना सुरु गरिसकेको छ ।
छाङरु र तिकंर दुबै गाउँमा जनगणना गरिसक्न तीन दिन लाग्ने पाण्डेले बताउनुभयो । चिसो छल्न तिकंरबासी बेँसी झर्न थालेकोले जनगणना गर्न चुनौती थपिएको छ।जनगणना अधिकृत पाण्डेले भन्नुभयो, केहि स्थानीयहरु चिसो छल्न बेँसी झरिसकेको खबर सुन्नमा आएको छ, त्यहाँका गणक राजेन्द्र कार्की हिड्न नसक्ने भएपछि खलंगामै छन, गणक खटाएर बेँसी झरेका स्थानीयहरुको गणना खलंगामै गरिनेछ ।
व्यास गाउँपालिका–१ बाहेक जिल्लाका अरु वडाहरुको जनगणना कार्य भने अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो।
नेपालतर्फको बाटो निकै असहज भएकोले भीर पहरामा हिँड्दा ज्यानको समेत जोखिम हुनसक्ने सम्भावनालाई मध्यनजर गरेर गणकहरु फर्किदा हेलिकोप्टरको व्यवस्था गरिदिन माग गरिएको छ ।
हेलिकोप्टरका लागि विभागसंग समन्वय भइरहेकोले फर्किदासम्म हेलिकोप्टरको व्यवस्था हुन सक्ने सम्भावना रहेको जनगणना अधिकृत पाण्डेले बताउनुभयो ।नेपालतर्फ सुरक्षित बाटो नहुदा व्यास गाउँपालिकाका स्थानीयहरु भारतीय बाटोको प्रयोग गर्दै सदरमुकाम खलंगाबाट गाउँसम्म आवत जावत गर्दै आएका छन् ।


