latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले रिक्त शिक्षकको तथ्यांक निकालेको छ । केन्दका अनुसार आगामी चैत मसान्तसम्म २० हजार तीन सय ५६ जना शिक्षकको दरबन्दी रिक्त हुन लागेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले खुला र आन्तरिक प्रतिस्पर्धा तथा बढुवाबाट पदपूर्ति गर्ने तयारी रहेको जनाएको छ । ।

लामो समयदेखि शिक्षक सेवा आयोग पदाधिकारीविहिन हुँदा स्थायी शिक्षक पदपूर्तिका लागि विज्ञापन खुल्न सकेको थिएन । आन्तरिक प्रतिस्पर्धा तथा बढुवा हुन नसक्दा एकैपटक ठूलो संख्यामा शिक्षकको दरबन्दी रिक्त भएको हो । आयोगले पदाधिकारी पाएपछि केन्द्रले शिक्षक सेवा आयोगलाई रिक्त हुने जिल्लागत दरबन्दी विवरण पठाएको छ ।

केन्द्रले असोज एक गते नै आयोगलाई रिक्त हुने शिक्षकको विज्ञापनका लागि दरबन्दी विवरण पठाइसकेको विभागका सूचना अधिकारी समेत रहेका निर्देशक माधव दाहालले जानकारी दिए । उनका अनुसार शिक्षकको खुला विज्ञापन र आन्तरिक प्रतिस्पर्धा तथा बढुवाबाट पदपूर्ति गर्नका लागि २०७८ चैत मसान्तसम्म रिक्त हुने शिक्षकको जिल्ला, विषय एवम् तहगत विवरण केन्द्रको निर्णय अनुसार अयोगलाई पठाएको हो ।

शिक्षक सेवा आयोगले विज्ञापन गर्नुपूर्व केन्द्रमा प्राप्त हुने संशोधित विवरण समेत समेत समावेश गरी विज्ञापन गर्ने व्यवस्था मिलाउन केन्द्रले आयोगलाई अनुरोध गरिसकेको केन्द्रका निर्देशक दाहालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय