latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

भद्रपुर (झापा), १३ माघ : भद्रपुर नगरपालिकाको खायन आलुखेती कार्यक्रमअन्तर्गत एक सय ५० जना किसान लाभान्वित भएका छन् । पालिकाले कम्तीमा दुई कट्ठा जमिनमा आलुखेती गर्ने किसानलाई प्रतिकट्ठा रु दुई हजार अनुदान दिएको थियो ।

 

नगरप्रमुख गणेश पोखरेलका अनुसार यो कार्यक्रम किसानलाई तरकारीखेतीमा आत्मनिर्भर बनाउनका साथै व्यावसायिक उत्पादनतर्फ प्रेरित गर्न सञ्चालन गरिएको हो । किसानको उत्पादनलाई बजारीकरण गर्न नगरपालिकाले छिट्टै विभिन्न स्थानमा बिक्री केन्द्र सञ्चालन गर्ने तयारी गरिरहेको छ ।

पालिकाले उपलब्ध गराएको अनुदानपछि स्थानीय भद्रपुर–३ बेसाबारीका किसान मेवा गणेशले १० कट्ठा जमिनमा आलुखेती गरेर रु तीन लाख ५० हजार आम्दानी गर्न सफल भएको बताउनुभयो । “आलुखेती आम्दानीको भरपर्दो स्रोत बनेको छ, बजारको समस्या छैन”, उहाँले भन्नुभयो, “आलु बिक्री गरेर सोही जमिनमा पुनः आलु लगाएको छु ।”

स्थानीय किसान मोहनलाल गनगाईँका अनुसार व्यापारी बारीसम्म नै तरकारी किन्न आउने भएकाले बजारको समस्या छैन । पालिकाले अझै पनि प्राविधिक रूपमा स्थानीय किसानलाई सहयोग गरे आलुसँगै अन्य तरकारीखेतीमा राम्रो प्रतिफल निकाल्न सकिन्छ ।

नगरवासीलाई विषादीरहित अग्र्यानिक तरकारीप्रति आकर्षित गराउने पालिकाको उद्देश्य रहेको साथै भद्रपुर नगरपालिकाले कृषि क्षेत्रमा अन्य क्षेत्रको तुलनामा बढी बजेट विनियोजन गरेको उपप्रमुख कार्कीले उल्लेख गर्नुभयो । यस वर्ष खायन आलुखेती प्रवर्द्धन कार्यक्रमका लागि पालिकाले स्थानीय एक सय ५० किसानलाई रु २० लाख अनुदान वितरण गरिएको कृषि प्रविधिक सुमन विमलीले जानकारी दिनुभयो । किसानले आलु लगाएको क्षेत्रफलका आधारमा उक्त अनुदानको रकम वितरण गरिएको उहाँले बताउनुभयो ।

यसैगरी भद्रपुर नगरपालिकाले ‘नगरप्रमुख तरकारीखेती कार्यक्रम’अन्तर्गत कम्तीमा पाँच कट्ठा जमिनमा एउटै किसमको तरकारीखेती गर्ने किसानलाई लागतको ७५ प्रतिशत अनुदान वितरण गर्ने कार्यक्रमसमेत सञ्चालन रहेको कृषि प्राविधिक विमलीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय