
भनिन्छ पढ्न लेख्न अनि नया कुरा सिक्न उमेरले छेक्दैन । हो यहि कुरालाइ आज ६० बर्सकी ज्योती कोइरालाले सत्य साबित गरेकी छिन । ६० बर्षको उमेरकि उनी पोखराको नवप्रभात मा बि मा कानुन संकाय लिएर धमाधम अध्यनन गरिरहेकी छिन । यो उमेरमा उनको यो जोशले शिक्षक लगायत सम्पुर्णलाई थप उर्जावान बनाएको छ । सामान्यता नेपालीहरुको मान्यता भनेको उमेरमै पढ्ने कमाउने जमाउने अनि ४० कटेपसी रमाउने हो तर उनी भने यो मान्यताको ठिक बि’प’रि’त कदम चालेकी छिन ।
कक्षा ८ बाट नवप्रभातमा भर्ना भएकी उनी अहिले कक्षा ११ मा पढ्दैछिन । आफुलाइ कुशल राजनितिज्ञको रुपमा स्थापित गर्नको लागि उनले पढ्न सुरु गरेको कुरा पनि उनले खुलाइन । नेपाली काङ्ग्रेसलाइ आफ्नो पार्टी बनाएकी उनी महिला संघ देखि लिएर टोलबिकासको पनि अध्यक्ष रहेकीछिन । घरको काम देखि लिएर बाहिरको काम पनि भ्याइ पढ्न पनि समय निकाल्छिन उनी ।
छोरिलाई पढाउनु हुन्न भन्ने मान्यता भएको हाम्रो नेपाली समाजमा एउटि आमा पढ्दा कति स’म’स्या अनि दु’ख खेप्नुपर्छ भनेर र हामिले अनुमान लगाउन सक्छौ । उनको यो उमेरमा पढ्नुको पछाडी भने राजनीति नै मुख्य विषय भएको बताउछिन उनी । उनको घर माइत देखि लिएर मावलसम्म राजनितीक पृष्ठभुमि फैलिएको र यसैलाइ अनुसरण गर्ने क्रममा आफुले पनि पढ्नु पर्ने आबश्यकताको महसुस भएपश्चात आफुले कलेजमा पढ्नु थालेको बताउछिन उनी ।
निडर, देखेको कुरा बोल्न नहिचकिचाउने ज्योती अझै पनि समय छ भनेर पढ्न थालेको बताउछिन । उनी धेरै जनाको लागि प्रेरणाको स्रोत नै बनेकी छिन । राजनीतिमा निकै ठुलो छलाङ मार्ने योजना छ उनको, कास्की जिल्लाको जिल्ला सदस्यमा पनि उठिसकेकी छिन उनी । आमा भएको भए त म निकै माथी पुगिसक्थे होला भन्दै रु’इ’न उनी । उनकी आमाले यो संसार छाडिसकेकी रहिछिन ।
बाबुले दोस्रो बिबाह गरेपछि पढ्न मु’श्किल भएको र कान्छी आमापट्टिका भाइहरुको स्याहार गर्दागर्दै पढ्ने समय नै नभएको बताउछिन उनी । उनी अष्ट्रेलियापनि पुगिसकेकी रहिछिन । बुहारीलाई एकबचन भन्दा दुइबचन सुन्नुपर्छ भनेर अहिलेसम्म बुहारीलाई एकवचन पनि नभनेको बताउछिन उनी । उनले राजनीतिमा हा’र खाएपछि पढ्ने इख लिएको कुरा पनि बताइन ।
बाकी हेर्नुस तलको भिडियोमा