latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

बागमती, १० माघः उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरले लागुऔषध दुव्र्यसनीमा फसेका युवालाई लक्षित गरी सीपमूलक कार्यक्रम सञ्चालन गरेको छ । लागुऔषध दुव्र्यसनीमा फसेर युवालाई सीपमुलक तालिम दिएर सही बाटोमा ल्याउने उद्देश्यले विभिन्न सीपमूलक कार्यक्रम सञ्चालन गरिएको उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरका प्रमुख रामप्रसाद भुसालले जानकारी दिनुभयो ।

उहाँका अनुसार लागुऔषधको दुव्र्यसनीमा लागेर हेटाँैंडास्थित सुधार गृहमा रहेका ९० युवाहरुलाई लक्षित गरेर सुधारगृहभित्रै मौरिपालन, पेन्टिङ, कफी बनाउने लगायतका सीपमूलक तालिम सञ्चालन गरिएको छ । यस्तै मकवानपुरको राक्सिराङ, मनहरी, कैलाश, बकैया र मकवानपुरगढीमा विद्यार्थीलाई लक्षित गरी उपभोक्ता सचेतना कार्यक्रमसमेत सञ्चालन गरिएको प्रमुख भुषालले बताउनुभयो ।
यता सो कार्यालयले चालु आर्थिक वर्ष २०८१÷८२ को छ महिनाको अवधिमा रु डेढ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । उद्योग तथा वाणिज्यतर्फ नयाँ दत्र्ता, नवीकरण, नामसारी, पुँजी वृद्धि, खारेजी, ठाउँसारी लगायतका शीर्षकबाट रु एक करोड ५० लाख ८४ हजार ७०५ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख भ्ुषालले बताउनुभयो ।

सो अवधिमा दुई सय २१ नयाँ उद्योग, एक सय ४५ नयाँ वाणिज्य दर्ता भएको छ भने उद्योग र वाणिज्यतर्फका दुई सय ६७ उद्योग व्यवसाय खारेजी भएको प्रमुख भुषालले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आवको छ महिनाको अवधिमा जिल्लाका विभिन्न स्थानमा रहेका ८६ उद्योग व्यवसायमा अनुगमन गरी रु एक लाख ३५ हजार जरिवानाबापत राजस्व सङ्कलन भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय