latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

अछाम, ९ माघः मङ्गलसेन नगरपालिका–५ मा अवस्थित षोड्सा माध्यामिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीलाई तातो कम्बल वितरण गरिएको छ । विद्यालयमा अध्यनरत दृष्टिविहीन र अनाथ विद्यार्थीलाई स्कुल अफ डेमोक्रेसी अछामले तातो कम्बल र डस्ना वितरण गरेको हो ।

सोही विद्यालयको आवास गृहमा बस्दै आएका १५ जना अनाथ र पाँच जना दृष्टिविहीन बालबालिकालाई १० थान कम्बल र १० थान डस्ना वितरण गरिएको कुल अफ डेमोक्रेसीका अध्यक्ष पदमराज अधिकारीले बताउनुभयो ।

विद्यालयलाई वितरण गरिएको कम्बल र डस्ना हस्तान्तरण गर्दै मङ्गलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहराले जिल्लामा क्रियाशिल अन्य परोपकारी संस्थाले पनि यस्तै रचनात्मक काम गर्नुपर्ने बताउनुभयो ।

विद्यालयमा प्राप्त भएको सहयोगले असहाय बालबालिकाको आवासका लागि धेरै राहत पुगेको विद्यालयका प्रधानाध्यापक वृकेशसिंह बोगटीले बताउनुभयो । आगामी दिनमा यस्तै सहयोगको अपेक्षा गर्दै उहाँले विद्यालयको तर्फबाट सहयोगी निकायप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

उक्त संस्थाले केही दिन अघि जिल्ला अस्पतालमा भर्ना भएका बिरामीका लागि ४० थान कम्बल वितरण गरेको थियो ।

https://youtu.be/64oWGStt3Qs

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय