काठमाण्डौं । कतारमा हुने फिफा विश्वकप २०२२ का लागि युरोपेली क्षेत्रको छनौटको पहिलो चरण सक्किएको छ ।

मंगलबार राति भएका समूह चरणका खेलहरु सक्किएसँगै फिफा विश्वकप २०२२ का लागि युरोपेली क्षेत्रको छनौटको पहिलो चरण सक्किएको हो ।

 

युरोपेली क्षेत्रबाट १३ राष्ट्रले आगामी वर्ष कतारमा हुने फिफा विश्वकपमा स्थान बनाउनेछ ।

युरोपेली क्षेत्रको छनौटमा सहभागि भएको दश समूहका ६० राष्ट्रमध्ये समूहबाट शिर्ष स्थान हासिल गर्ने दशवटा राष्ट्रहरुले कतार विश्वकप खेल्ने पक्का भईसकेको छ भने समूहको दोश्रो स्थानमा रहेका १० राष्ट्रसँगै नेशन्स् लिगका दुई गरी कुल १२ राष्ट्रहरुले प्ले अप चरणमा स्थान बनाएका छन् ।

प्ले अफमा पुगेका १२ राष्ट्रमध्ये ३ राष्ट्रले विश्वकपमा स्थानब बनाउने मौका अझै बाँकी रहेको छ ।

युरोपेली राष्ट्रहरुमध्ये समूह विजेता बन्दै सिधै कतारका लागि छनौट हुने १० राष्ट्रहरुमा समूह ए बाट सर्बिया,समूह बीबाट स्पेन,समूह सीबाट स्विट्जरल्याण्ड,डि बाट फ्रान्स,ई बाट बेल्जियम,एफबाट डेनमार्क,जीबाट नेदरल्ययाण्ड्स,एच बाट क्रोएशिया,आईबट ईङ्गल्याण्ड र जे बाट जर्मनी रहेको छ ।

यस्तै समूहको दोश्रो स्थानमा रहने टोलिहरुले एक अर्काबिरुद्ध खेल्नेछन् र तीन राष्ट्रले विश्वकपमा स्थान सुरक्षित गर्नेछन् ।

यसमा युईएफएले नेशन्स् लिगमा समूह् विजेता बनेका तर विश्वकपमा स्गथान बनाउन नसकेका दुई राष्ट्रहरुलाई समेट्दै १२ राष्ट्रसहित प्ले अफ खेलाउनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय