latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

टक्सार (भोजपुर), ७ माघ : ज्ञान, सीप र दक्षता अभिवृद्धि गरी कृषि प्रविधि हस्तान्तरणमा सहयोग पु¥याउने उद्देश्यले यहाँका आमा समूहलाई निःशुल्क प्रशिक्षण सुरु गरिएको छ ।

भोजपुर नगरपालिका–५, बोखिमका आमा समूहलाई सामुदायिक कृषि सहायकसम्बन्धी प्रशिक्षण दिन थालिएको हो । सुम्निमा बहुप्राविधिक शिक्षालयको आयोजनामा वडा कार्यालय र पञ्चकन्या स्वास्थ्य आमा समूह बोखिमको समन्वयमा आइतबारदेखि उद्यमशीलता विकास तथा जीविकोपार्जनका लागि प्रशिक्षण सुरु गरिएको वडाध्यक्ष फबिन्द्र प्रधानले जानकारी दिनुभयो । वडाध्यक्ष प्रधानले भन्नुभयो, “आत्मनिर्भर वडाको परिकल्पना र मर्मअनुरुप प्रशिक्षणले सार्थकता दिनेछ ।”

आधारभूत तहको एक सय ६० घण्टाको सामुदायिक कृषि सहायक सीपमूलक प्रशिक्षण सुरु गरिएको सुम्निमा बहुप्राविधिक शिक्षालयका प्रमुख राजीवकुमार ठाकुरले बताउनुभयो । उहाँले भन्नुभयो, “आमा समूहमा आबद्ध सदस्यहरुलाई लक्षित गरी प्रशिक्षण थालिएको हो, यसले समूह सदस्यहरुको क्षमता अभिवृद्धिमा मद्दत पुग्छ ।”

प्रशिक्षणमा २० जना आमाहरुको सहभागिता रहेको छ । २८ दिनसम्म प्रशिक्षण सञ्चालन हुने शिक्षालयका कृषि कार्यक्रम संयोजक तथा प्रशिक्षक प्रमोद राईले जानकारी दिनुभयो । पञ्चकन्या स्वास्थ्य आमा समूह अध्यक्ष भगवती श्रेष्ठले समूहमा आबद्ध सदस्यहरुका लागि प्रशिक्षण प्रभावकारी हुने र यसले आगामी दिनमा सक्रिय बन्न प्रेरणा दिने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय