latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

अछाम, ६ माघः स्कुल अफ डेमोक्रेसी जिल्ला कार्यसमिति अछामले जिल्ला अस्पतालका बिरामीलाई तातो कम्बल र तन्ना वितरण गरेको छ । जिल्ला अस्पतालमा तातो कम्बल ४० थान, तन्ना ५० थान र सिरानी ५० थान उपलब्ध गराइएको स्कुल अफ डेमोक्रेसीका सचिव बम स्वाँरले जानकारी दिनुभयो ।

चिसो बढ्दै गइरहेकाले बिरामीको स्वास्थ्यमा थप समस्या उत्पन्न हुनसक्ने भन्दै अस्पतालमा भर्ना भएका बिरामीको सहजताका लागि कम्बल वितरण गरिएको स्कुल अफ डेमोक्रेसीका अध्यक्ष पदमराज अधिकारी जानकारी दिनुभयो ।

कम्बल हस्तान्तरण गर्दै सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री मेघराज खड्काले जाडोयाममा बिरामीको शारीरिक अवस्थालाई मध्यनजर गरी कम्बल वितरण गरी परोपकारी काम गरेको भन्दै प्रशंसा गर्नुभयो ।

पछिल्लो समय जिल्ला अस्पतालमा गुणस्तरीय र प्रभावकारी सेवा प्रवाह भइरहेको भन्दै बिरामीको सेवामा खटिनुभएका स्वास्थ्यकर्मीलाई धन्यवाद व्यक्त गर्नुभयो । जिल्ला अस्पताकाबारेमा मात्र नभएर समग्र सुदूरपश्चिम प्रदेशका स्वास्थ्य क्षेत्रका समस्या समाधानमा आफू निरन्तर लागिपरेको उहाँले बताउनुभयो ।

पहाडी जिल्लाका नागरिकको स्वास्थ्यमाथि ध्यानमा राख्दै विशेषज्ञ चिकित्सकको आवश्यकता महसुस गरिएको बताउँदै मन्त्री खड्काले प्रदेशका सबै जिल्लामा विशेषज्ञ चिकित्सकसहित स्वास्थ्य सेवा उपलब्ध गराउन पहल भइरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय