latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

महोत्तरी, ६ माघ : महोत्तरीमा पछिल्लो समय घुम्ती पुस्तकालय (बुकबस)बारे जनचासो बढ्दै गएको छ । भङ्गाहा नगरपालिका–४ राष्ट्रिय आधारभूत विद्यालय, दलित र जनजाति बसोबासका टोलकेन्द्रित घुम्ती पुस्तकालयका कारण पठन रुचि बढाएको अभिभावकले बताएका छन् । अमेरिकी राजदूतावास र कारखाना समूहको पहलकदमीमा युवा सञ्जाल महोत्तरीले घुम्ती पुस्तकालय गतिविधि संयोजन गरेको हो ।

“विद्यालयबाट घर आएपछि खेल्न बढी ध्यान दिने बालबालिका घुम्ती पुस्तकालयबारे चासो दिन थालेका छन्”, स्थानीय ३२ वर्षीय रामईश्वर ठाकुर भन्नुहुन्छ, “घुम्ती पुस्तकालयले पढ्ने बानीको विकास भएको छ ।”

घुम्ती पुस्तकालयमा सचित्र वर्णनात्मक सामग्री, खेल सामग्री र मनोरञ्जनात्मक अभ्यास गराउने गरिएको छ । “पुस्तकसँगको सम्बन्ध बढाउन र पठन अभिरुचि जगाउन खेल्दै, सिक्दै गर्ने विधि प्रभावकारी हुँदोरहेछ”, स्थानीय अशोककुमार महतोले भन्नुभयो । घुम्ती पुस्तकालय विद्यालय र बस्तीका चोकचोकमा पुर्याउँदा बालबालिकाको ध्यान यसतर्फ जान थालेको छ ।

बालबालिका घुम्ती पुस्तकालयतर्फ आकर्षित भएपछि आपूmहरुलाई उत्साहित बनाएको युवा सञ्जालका अध्यक्ष रवीन्द्रकुमार महतोले बताउनुभयो । जिल्लामा पहिलो चरणको दुईदिने अभ्यासमा तीन सयभन्दा बढी बालबालिका सहभागी भएका उहाँको भनाइ छ । “घुम्ती पुस्तकालयको उद्देश्य ससाना बालबालिकामा पढाइप्रति रुचि जगाउनु र खेलकुदको माध्यमले सिकाइ अवधारणा स्थापित गर्नु हो”, उहाँ भन्नुहुन्छ ।

सामुदायिक विद्यालय तथा शिक्षाको पहुँचबाहिरका वर्ग, समुदायलाई लक्षित गरे यो कार्यक्रम बागमती, सुदूरपश्चिम र मधेस प्रदेशमा सञ्चालन भइरहेको युवा सञ्जालले जनाएको छ । सञ्जालले घुम्ती पुस्तकालयको अभ्यास र गतिविधि भङ्गाहा नगरक्षेत्रका सबैजसो विद्यालय र विद्यालय नजिकका बस्तीमा गराउने जनाएको छ । भङ्गाहापछि मनराशिशवा र मटिहानी नगरपालिकामा घुम्ती पुस्तकालय पुर्याइने अध्यक्ष महतोले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय