बिहिबार , जेठ २१, २०८३

लिखुतामाकोसी गाउँपालिका–१ दुरागाउँमा आज ट्या’क्टर दु’र्घटना हुँ’दा नेकपा माओवादी केन्द्रका नेता उद्धवराज पौडेल’को नि’धन भए’को छ । दु’र्घटना’मा परी ट्याक्टरका चालकसहित ३ जना घा’इते भएका छन् ।

सैपुबाट स्कुलका लागि गिट्टी बोकेर दुरागाउँ जाँदै गरेको ट्याक्टर भीर’मा प ल्टे’को जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी नवराज ढुंगानाले जानकारी दिए । ५४ वर्षिय मृ’त’क पौडेल राजनीति र सामाजिक कार्यमा समेत स’क्रिय थिए । पौडेल नेपाल शिक्षक संगठन रामेछापका पूर्व अध्यक्ष समेत रहेका थिए । उनका श्रीमती र दुई छोरा छन् । मृ’तक नेपालप्रेसका प्रधान सम्पादक मातृक पौडेलका माइला दाई समेत हुन् ।

त्यस्तै, नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले करको दायरालाई अहिलेको तुलनामा अझ धेरै फराकिलो बनाएर कसरी बढीभन्दा बढी मानिसमा पु¥याउन सकिन्छ भन्ने बारेमा लाग्नुपर्ने बताउनुभएको छ ।

दसौँ राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व कार्यालय विर्तामोड तथा विर्तामोड उद्योग वाणिज्य सङ्घद्वारा आज दमकमा आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ढकालले करको दायरालाई धेरै नागरिकसम्म पु¥याउने र निर्यातमुखी राजस्व प्रणालीको विकासका लागि सोच्नुपर्ने बताउनुभयो ।

उहाँले अहिले आयातबाट ४८ प्रतिशत राजस्व रहेको तथ्याङ्क देखिएको भन्दै यसरी आयातमा आधारित राजस्वको हिस्सालाई क्रमशः कम गर्दै लैजानुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यो आयातमा आधारित राजस्व प्रणालीलाई क्रमशः कम गर्दैै लगी निर्यातमुखी राजस्व प्रणालीको विकासमा अर्थतन्त्रको पुनर्संरचना गर्नुपर्छ ।”

उहाँले आन्तरिक उत्पादनमा वृद्धि र स्वदेशी उद्योगको स्थापना गर्दै आयकर, मूल्य अभिवृद्धिकर लगायतको हिस्सा बढाउनुपर्ने सझुाव दिनुभयो । कर प्रशासनलाई सेवाग्राहीमैत्री बनाई करको दायरा बढाउन सकिने उल्लेख गर्दै उहाँले कर प्रशासनले ल्याउने कार्यक्रममा निजी क्षेत्रले सधैँ साथ र सहयोग पु¥याइरहेको बताउनुभयो ।

आफूले पनि करदाताका रुपमा पटकपटक सम्मान पाएको स्मरण गर्दै उहाँले भन्नुभयो, “करदातालाई सम्मानित गर्ने कार्यक्रमले आन्तरिक प्रतिस्पर्धा बढाउनेछ र अर्को वर्ष थप कर तिर्ने तथा राज्यलाई योगदान दिने वातावरण सिर्जना हुनेछ ।” उत्कृष्ट करदातालाई गरिने सम्मानले निजी क्षेत्रबीच स्वस्थ प्रतिस्पर्धा तथा कर बुझाउन उत्प्रेरणा बढ्ने उहाँको धारणा थियो ।

राज्यको प्रमुख आम्दानीको स्रोत राजस्व भएको उल्लेख गर्दै निजी क्षेत्रले आफू पीडामा रहेको र कानुनी बाध्यता नभएको अवस्थामा पनि राज्यका गतिविधि रोकिनु हुँदैन भनेर कर बुझाउने गरेको स्मरण गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर