पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विभिन्न दलनिकट विद्यार्थी संगठनले सिलिन्डर बोकेर जुलुस निकालेका छन्।
आइतबार दिउँसो काठमाडौंमा विद्यार्थीहरूले प्रदर्शनीमार्गस्थित रत्नरा’ज्यलक्ष्मी क्याम्पसबाट सिलिन्डर बोकेर जुलुस निकालेका हुन्।
उनीहरूले सिलिन्डरमा ‘मलाई किन यति अमूल्य बनायौ?, गरिब जनता’को घरमा म कसरी बल्ने?’ लगायत पोस्टर लेखेर टाँसेका थिए। सरकारले केही समयअघि खाना पकाउने ग्याससहित पेट्रोलियम पदा’र्थको मूल्य बढाएको थियो।
मुख्यमन्त्री बनेको महिनादिन नपुग्दै राजेन्द्र राईले किन गरे पार्टी छाड्ने कुरा, कोटेश्वरमा तनाव !
काठमाडौं । मुख्यमन्त्री बनेको महि’नादिन नपुग्दै राजेन्द्र राईले पार्टी छाड्ने कुरा निकालेका छन् । उनले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेश नामाकरणको विषयमा आफु बहुपहिचा’नबाट पछि नहट्ने बताएका हुन् ।
मुख्यमन्त्री राईले ठुलो नेताले भन्दैमा आफु बहुपचिनाबाट किमार्थ न’हट्ने बरु पार्टी पद त्याग्न तयार रहेको बताएपछि माधव नेपाल झस्किएका छन् ।
काठमाडौंमा आज (शनिबार) आयोजित किरात राइ यायो’क्खाको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले ठुलो नेताले भन्दैमा आफु बहुपचिनाबाट किमार्थ नहट्ने बताए ।
‘आज ठुलो नेताले भन्दैमा म बहुपचिनाको पक्षमा कि’मार्थ हट्ने छैन ।’ उनले भने, ‘चाहे मुख्यमन्त्री पद् जाओस्, चाहे अशोक राईले जस्तो पार्टी नै छोड्न परोस् म बहुपहिचानबाट हट्ने छैन ।’
आफ्नो पार्टीका केही नेताहरु अझै पनि पहिचानको पक्षमा नरहेको भन्दै उनले आफु संगठित रहेको पार्टीले तीन ओटा चुनाव बहुपहिचानको नाम दिन्छौ भनेर जनताबाट भोट पाएर चु’नाव जितेको उल्लेख गरे ।
पहिचानको नाम लिएर जनताको भोटले चुनाव जित्ने अनि पहिचानलाई ल’त्याउने हो भने त्यो भन्दा ठुला धोका र अनैतिक कार्य अरु हुन नसक्ने उनको भनाई छ । ‘सुम्निमा पारु’हाङको कसम खानुपर्छ कि माटोको कसम खानुपर्छ तपाईहरुले देख्ने गरी पहिचानको पक्षमा उभिनेछु ।’ उनले प्रतिवद्धता जनाए ।


