latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

ललितपुर, २ कात्तिक : ललितपुरका खेतीयोग्य जमिनमा धान पहेंलै भएको छ । गत वर्षकोभन्दा यस वर्ष धान दसैँअघि नै भित्रयाउनुपर्ने भएकाले किसान खेतमा व्यस्त छन् ।

 

दसैँअघि नै धान भित्र्याउनु परेकाले किसानले कात्तिक सुरु हुनेबित्तिकै धान काट्न सुरु गरेका छन् ।

यस वर्ष पानी धेरै परेकाले गत वर्षकोभन्दा धान उत्पादनमा कमी आएको किसानको भनाइ छ । समयमै मल प्राप्त गर्न नसकेकाले बर्सेनि उत्पादनमा कमी आएको किसानको गुनासो छ । धानमा मल चाहिएका बेलामा बजारमा अभावको समस्या किसानले बर्सेनि झेल्दै आएका छन् ।

ललितपुरको महालक्ष्मीनगरपालिका–७ चारघरेमा किसान गुछेबहादुर महर्जन पाकेर भित्र्याउने समयमा पानी र असिनाले धान सखाप पार्छ कि भन्ने चिन्ता भएकाले धान भित्र्याउन थालिएको बताउनुभयो । गत वर्षकोभन्दा यो वर्ष धान उत्पादनमा कमी आएको उहाँको भनाइ थियो ।

पानी धेरै पर्नु, समयमा मल हाल्न नपाउनुलगायत कारणले यस वर्षको उत्पादनमा कमी आएको महर्जनले जानकारी दिनुभयो । “खेती गर्ने किसानले समयमै मल पाउँदैनन् । किसानका लागि अन्य सेवासुविधा पनि छैन । त्यस कारणले पनि बर्सेनि उत्पादन घट्दै आएको छ”, उहाँले भन्नुभयो ।

स्थानीय मन्दिला महर्जनको पनि यो वर्ष धान उत्पादनमा कमी आएको छ । उहाँले भन्नुभयो, “करिब दुई रोपनीमा धान लगाएका थियौँ । पानी धेरै परेकाले धानमा घाँस उम्रिएर उत्पादनमा कमी आएको छ ।”

दसैँअघि धान भित्र्यापछि ढुक्कले दसैँ मनाउन पाउने किसान बताउँछन् । अहिले ललितपुरका बुङ्गमती, चारघरेलगायत खेतीयोग्य जमिनमा किसानलाई धान भित्र्याउने चटारो छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय