latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

कतारले विदेशी श्रमिकको लागि पनि स्वा’स्थ्य विमा अनिवार्य गरेको छ । जसले गर्दा बिदेशी कामदार खुसी भएका छन् ।कतारको जनस्वास्थ्य मन्त्रालयले कानुन नं (२२), २०२१ का विषयमा स्पष्ट पार्दै कतारमा स्वास्थ्य विमाका सम्वन्धमा गरिएको नयाँ व्यवस्थाका बारेमा स्पष्ट पारेको हो ।

अनिवार्य गरेको स्वास्थ्य बिमाको ब्यय भार स्वतह रुपमा रोज’गारदाता कम्पनीको भागमा जाने भएको हुँदा कम्पनीको टाउको दुखाइको बिषय बनेको जानकार बताउछन् ।

कतारका शेख तामिम विन हमाद अल थानीले हिजो सो नयाँ का’नुन जारी गरेका हुन् । सो कानुन सरकारी गजेटमा प्रकाशित भएको ६ महिना पश्चात लागु हुनेछ ।

द पेनन्सुला कतारका अनुसार नयाँ कानुन अनुसार कतारमा कार्यरत सम्पूर्ण विदेशी श्रमिक तथा भ्रमण भिसामा आउनेहरुको समेत स्वास्थ्य विमा अनिवार्य गरिएको छ । सो विमा अन्तर्गत आधारभूत स्वास्थ्य सेवा प्राप्त हुने जनाइएको छ।

नयाँ कानुनले रोजगारदातालाई उनीहरुसँग काम गर्ने श्रमिक’हरुको विमा गर्नुपर्ने व्यवस्था गरेको छ । ति श्रमिकहरु विमा कम्पनी मार्फत जनस्वास्थ्य मन्त्रालयमा दर्ता हुनेछन् । विमामा दर्ता भएपश्चात ६ महिना पछि विमा कार्यान्वयनमा आउने समाचारमा जनाइएको छ । यसका बारेमा निकट भविष्यमा नै मन्त्रालयले थप जानकारी दिने समाचारमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय