
कार्तिक २५, धरान / बाह्रौ राष्ट्रिय जनगणनाको पहिलो दिन बिहान ८ बजेबाट गणना शुरु भएको छ । जनगणनामा नेपाल आदिवासी जनजाति महासंघ सुनसरीले यसको अनुगमन गरिएको छ ।
पहिलो दिनको अनुगमनमा धरान उपमहानगर वडा नम्बर १७ मा गणकले पेन्सिलले टिपोट गरेको भेटाएको कुरा नेपाल शेर्पा संघ केन्द्रिय सदस्य तेन्जिङ शेर्पाले बताए । घरघरमा खटिएका गणकले पेन्सिलले टिपोट गरेको जानकारी आफुकहाँ आएपछि सोधपुछ गरेको बताए । पेन्सिलले लेखेको बिषय आपत्ति जनाउदा त्यसलाई डटपेनले जस्ताको तेस्तै लेख्ने प्रतिक्रिया दिएको बताए । आफ्नो घरमा तथ्यांक टिप्दा पेन्सिलले टिपेको देखेपछि डट्पेनले टिप्न सुझाब दिएको कुरा धरान वडा नम्बर १७ का निमा शेर्पाले बताए । पेन्सिलले टिपेको प्रती आपत्ति जनाउदा दोहोरो घरपरिवार टिप्नुपरेकोले भराई सच्याउन भनेको जवाफ दिएको बताए । निमाले गणकलाई समय लागे पनि डटपेनले नै भर्न दवाब दिएपछि अहिले डट्पेनले नै भरिरहेको जानकारी दिए । यस बिषयमा सुनसरी जिल्ला जनगणना शाखा इटहरीका प्रमुख जनक काफ्लेसंग कुरा राख्दा पेन्सिलले लेख्न नपाउने बताए । काफ्लेले पहिलो दिन दिन भएर रफ गरिएको होला तर पेन्सिलले लेख्न नपाउने बताए । स्थानीयले आपत्ति जनाएपछि भने अहिले डटपेनले नै लेख्न थालेको कुरा तेन्जिङ शेर्पाले जानकारी दिए ।
त्यसैगरी नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद सुनसरीका अध्यक्ष राम मान्डुपा राईको घरमा आएको गणकले आफू नभएको अवस्थामा पुर्ख्यौली भाषा वान्तबा टिपाउदा इनकार गरेको र दोस्रो भाषाको महलमा जबर्जस्ति नेपाली भाषा लेख्नुपर्ने दवाब दिएको घरबाट जानकारी आएको बताए । अध्यक्ष राईले यहि हिसाबमा फेरि पनि सहि तथ्यांक आउनेमा आशंका गरे ।
श्रोत : chisephayu.com